नेप्लीज ईन्टरस्टेट स्पोर्टस मिट ब्रिसबेन २०१६
अस्ट्रेलिया, २६ मार्च
हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेप्लीज ईन्टरस्टेट स्पोर्टस मिटको यस वर्षको संस्करण ब्रिसबेनमा शुरु भएको छ । मार्च २५ देखि २७ तारिखसम्म आयोजना हुने यस प्रतियोगितामा विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा भैरहेको छ । यस पटक नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले यो कार्यक्रम आयोजना गरेको हो । तीन दिनसम्म चल्ने प्रतियोगितामा यस पटक टेनिस, व्याडमिन्टन, क्रिकेट, टेबल टेनिस, म्याराथुन, फुटबल र गल्फमा विभिन्न उमेर समूहका प्रतियोगीबीच स्पर्धा हुनेछ । अष्ट्रेलियाका dविभिन्न राज्यका लागि प्रतिनिधि तोकिएको संस्थाले जनाएको छ । अष्ट्रेलियामा बसोवास गर्ने नेपाली-नेपालीबीचको एकतालाई मजबुत र अझ प्रगाढ बनाउनका लागि किसिमका कार्यक्रमको आयोजना गरिएको हो ।
टेबुल टेनिस
आज भएको मेन सिंगल तर्फ को टेबुल टेनिसको उपाधि पश्चिम अस्ट्रेलियाका अजय सुवालको पोल्टामा l प्रतियोगितामा क्रमश पश्चिम अस्ट्रेलियाका अजय सुवाल प्रथम, क्विन्स ल्याण्डका प्रितम अवाल दोस्रो र पश्चिम अस्ट्रेलियाकै अमित साही तेस्रो हुनुभयो l त्यसै गरि डबल टेबुल टेनिसतर्फ पश्चिम अस्ट्रेलियाका तर्फबाट अजय सुवाल र अमित शाही अनि क्विन्स ल्याण्डका तर्फ बाट प्रितम अवाल र सुमन पौडेल बीच भएको प्रतिस्प्रधा मा पश्चिम अस्ट्रेलियाका अजय सुवाल र अमित शाहीले उपाधि जित्नु भयो l
त्यस्तै वुमन्स तर्फको एकल टेनिसमा क्रमश न्यु साउथ वेल्स कि एलिजा वन्त प्रथम, भिक्टोरियाकी शिका बस्नेत दोस्रो र क्विन्स ल्याण्डकी मेनुका के सी तेस्रो हुनभयो l यसै गरि ४५ बर्ष माथिको खेलमा भने क्रमश कुलदीप प्रधान (एन एस डब्लु) प्रथम रबिन्द्र श्रेष्ठ (एन टि) दोस्रो अच्चुत मान सिंह (क्विन्स ल्याण्ड) तेस्रो हुनुभयो l
जुनियर तर्फ कुनाल प्रधान प्रथम, (एन एस डब्लु), दोस्रो बिशोप बिष्ट (क्विन्स ल्याण्ड) र तेस्रो अभिन ढकाल (क्विन्स ल्याण्ड) हुनुभयो l
जुनियर वुमन्स तर्फ क्रमश प्रिशा प्रधान (एन एस डब्लु) प्रथम तथा बिपासाना कार्की (क्विन्स ल्याण्ड) दोस्रो हुनु भयो
ओपन टेनिस
आज भएको मेन ओपन टेनिस तर्फ क्विन्स ल्याण्डका प्रन्जल कायस्थ प्रथम र क्विन्स ल्याण्डकै अनुप गुरुङ दोस्रो हुनुभयो भने l
४५ बर्ष माथिको खेलमा भने बिष्णु हमाल प्रथम (एन एस डब्लु) र एन एस डब्लु कै ज्योतिराज भण्डारी दोस्रो हुनुभयो भने क्विन्स ल्याण्डका राम लामाले तेस्रो स्थान हात पर्नु भयो l
टेनिस मेन डबल तर्फ क्रमश एन एस डब्लु का बिष्णु हमाल र दिलिप भारती प्रथम क्विन्सल्याण्ड का अनुप गुरुङ र राम लामा दोस्रो अनि क्विन्सल्याण्डकै सुनिल के सी र अमृत पौडेल तेस्रो हुनुभयो l
टी २० क्रिकेट
२० ओभर को खेल मा क्रिकेट खेल तर्फ हिजो भएको साउथ अस्ट्रेलिया र पश्चिम अस्ट्रेलिया बीच भएको पहिलो खेलमा साउथ अस्ट्रेलिया १५ रनले बिजय भयो भने हिजै भएको पश्चिम अस्ट्रेलिया र न्यु साउथ वेल्स बीचको अर्को खेलमा भने न्यु साउथ वेल्स २१७ रनको भारि अन्तरले बिजयी भयो l उता भिक्टोरिया र क्विन्स ल्याण्ड बीच भएको खेलमा भिक्टोरिया १५९ रनले बिजयी भयो भने क्विन्स ल्याण्ड र नर्दन टेरोट्योरि बीच भएको अर्को खेलमा क्विन्स ल्याण्ड ४० रनले बिजयी भयो l
अहिले सेमी फाइनल मा साउथ अस्ट्रेलिया र भिक्टोरिया त्यसै गरि न्यु साउथ वेल्स र नर्दन टेरोट्योरि भिडी रहेका छन् l
बाँकि खेलहरु भने स्थानीय समय अनुसार भोलि बिहान ८ बजे बाट शुरु हुने आयोजकले बताएको छ l
फोटो सौजन्य :
Nepalese Interstate Sports Meet Australia