“उषा एक अनौठो प्रेम” ! -दोस्रो भाग
टुक्रेको मेरो मुटुमा बिश्वासको मल्हम लगाउदै, अँखा बाट झरेका झरिले निथ्रुक्क भिजेर न्यानो सहारा खोजेकी उषा लाई जाउ न त अब भन्दै गाडी भए तिर इसारा गरे। मेरो इसारा पाए पछि अबोध बच्चा झै उषा लुरुलुरु गाडी भए तिर आइन।
गाडीको ढोका खोल्दै भित्र बस्न आग्रह गरे।
उषा गाडी भित्र बसिन।
लाग्दै थियो सधैं ब्यस्त हुने बर्जुड पार्क आज प्रेमिल मौनताको चर्को अट्टाहास छ जुन सुल्झाउन नसकेकोमा बर्जुड पार्क आफै निस्सासिएर चिच्याइरहेको छ क्षमादानको लागि म सङ्गै आफ्नै आगनमा बिश्वास बोकि रम्न आउने धेरै सज्जन जिवनहरु सङ्ग।
एकैछिनमा मेरो दुई कोठे अपार्ट्मेन्ट भिकपार्क पुग्यौ।मेरो अस्ट्रेलियाको पिआर आए पछि केही बर्ष पहिले नै दुई कोठे अपार्ट्मेण्ट लिएको थिए। गत बर्ष सम्म भाडामा लगाएको अपार्ट्मेण्ट पर्थ बसाइँसराइ गरेपछि चाहिँ म आफै बस्दै आएको छु।
हामी पुग्ने बित्तिकै उषाको अनुहारमा केही भन्न खोजेको भाव झल्कियो। मैले कुरा बुझे र भने “तिमी के सोच्दै छयौ मलाई थाहा छ उषा”। त्यसपछि मैले केही भन्न खोज्दै थिए उषा बोलिहालिन र भनिन।
“म तिमी सङ्ग बस्छु त भने आशिष तर मलाई थाहा छ लिभिङ्ग टुगेदर लाई अझै हाम्रो समाजले स्वीकार गरीसकेको छैन। हामी अस्ट्रेलिया जस्तो खुल्ला र स्वतन्त्र समाजमा बस्ने भए पनि हाम्रो घुलमिल हाम्रै संस्कृती र संस्कार बोकेका मानिसहरु सङ्ग छ। हाम्रा साथिभाइ हाम्रा नेपाली मुलका नै धेरै छन। र एउटा सम्बन्ध लाई न्याय गर्न हाम्रा सयौं सम्बन्धलाई तिलान्जली दिन पनि सक्दैनौ र यति भन्दै गर्दा फेरि मलाई अहिले तिम्रो साथको खाचो पनि छ नवीनलाई जलाउनकै लागि भए पनि। त्यसैले लिभिङ्ग टुगेदरमा तिमि सङ्गै बस्नु मेरा लागि एउटा ज्यादै ठूलो र चुनौतीपूर्ण निणय हुनेछ। मेरो निणयले उल्टो असर देखाउन पनि सक्छ नवीनको नजरमा त्यसैले खै के गरौ गरौ भइ राछ आशिष”
“समाजले के भन्छ, के सोच्छ भनेर डराएर बस्ने हो भने हामी आफ्नो जिन्दगी लाई जिन्दगी भरी न्याय गर्न सक्दैनौ उषा! यदि हाम्रो मन सफा र मित्रता मा बिश्वास छ भने यो बोल्ड डिसिजन हामिले लिनै पर्छ”।
“तिमिलाइ बिश्वास नगरेको भए यत्रो कुरा गर्दा पनि गर्थिन नि आशिष” उषाले निन्याउरो अनुहार पारेर भनिन्न। मलाई पुर्ण बिश्वास छ हाम्रो मित्रतामा तेहि पनि हामी जुन समाजमा बसेका छौ, तो समाजले के सोच्ला भन्ने लागेर मात्र हो आशिष।
कतै मेरो जिद्दीले तिमिलाइ अफ्ट्यारो त बनाएको छैन नि? बरु मिल्छ भने
क्यानिङ्ग्टन मेरो रुममा गएर बस्दा हुदैन र? उषाले लिभिङ्ग टुगेदर लाई सदर त गरिन तर तेहिनेर आर्को सर्त राखिन तेहि पनि मैले जोड दिदै भने ” हेर उषा क्यानिङ्गटन भन्दा मेरो मा नै बस्दा बेस हुन्छ! आखिर दुबैलाइ काममा जान पनि सजिलो र नयाँ ठाउँमा रहदा पुराना स्मृति जुन तिमिलाई पीडा दिइरहेका छन, तो पनि हट्नेछ”।
किन हटाउनु पर्योनी पुराना यादहरु! उषा भन्दै थिइन! आखिर तेहि पुराना यादहरु त बाकी छन अब। मेरो नवीन सङ्ग बिताएको रमाइला क्षणहरु जसलाइ सम्झेर म एकछिन भए पनि मुस्कुराउन सक्छु। तिमिलाइ थाहा छ? नवीन सङ्गको मेरो प्रेम सिजनल थिएन। नवीनको जिवनमा मेरो कुन स्थान थियो थाहा छैन तर म उसको प्रेममा पागल भएकी थिए। मलाइ नवीनले के सोच्छ मलाई मतलब छैन तर उहीँ सङ्ग बिताएका तेहि यादहरुका तस्बिरहरु छन र त जिन्दगी आशाको एल्बममा मुस्कुराउने प्रयत्न गर्दैछ। सायद अनकण्डिसनल प्रेम यस्तै हुन्छ होला आशिष।
तिमिले भने जस्तो सझिलो काहा छ र सबै बिर्सिउ!
उषाको कुराले म एकपटक झस्किदै भन्छु “मेरो आशय तो थिएन उषा। मलाई कत्ति सन्देह छैन कि तिमीले नवीनलाई आफ्नो मस्तिष्क बाट हटाउन सक्छ्यौ”
तर फेरि सोच के बितेका कुरा सम्झिदैमा जिन्दगी अगाडि बढ्छ त? भन्दै मेरो आशय प्रष्ट पारे र सोधे “ल तिमि नै भनन त के गर्ने? कहाँ बस्ने?
एकछिन टोलाएर उषाले भनिन्न “अब धेरै सोच्न त अरु अप्सन पनि हुनुपर्यो नि। अब यहाँ बस्नुको बिकल्प छैन तर मेरो समानहरु लिएर आउनु पर्योनी” भन्दै उषा मेरै अपार्टमेण्टमा बस्न राजी भइन।
उषालाइ कतै गुमाउनु पर्लाकी भनेर मन पोलिरहेको बेला उनको सहमतिले अलिकति भए पनि शान्ती मिल्यो। एकपटक सोचे कमसेकम आफ्नै बिस्तारामा पल्टिन त पाउने भए र केही दिन भए पनि आफैले रुचाएको मान्छे सङ्गै केही पल बिताउन त पाउने भए। अनि फेरि सोचे उषाले अर्कै लाई प्रेम गर्छिन भनेर जान्दा जान्दै, उनिले मलाई असल साथी मात्र सोच्दछिन भनेर बुझ्दा बुझ्दै पनि किन मेरो मन उनलाइ चाहान्छ? उनका सारा बिगतलाई भुलेर म किन उनलाइ अपनाउन तयार छु? मैले आफैलाइ बुझ्न सकिन।
अस्विकार प्रेम प्रस्ताव
हाम्रो एकछिनको मौनता तोड्दै “मेरो कोठा कुन हो नि?” भन्दै उषस्ले सोधिन। मैले उनलाइ मेरो बेडरुम सङ्गैको आर्को रुम देखाए। उनि सरासर भित्र पसिन। कोठा पक्कै पनि लथालिङ्ग थियो होला केही समय पछि बेड सिट, सिरकको कबर, सिरानीको कबर सबै निकालेर ल्याइन र सोधिन “वासिङ्ग मेसिन कहाँ छ?” मैले इसाराले बाहिर बरण्डा निस्कने बाटोको छेउमा भएको वासिङ्ग मेसिन देखाए। उनि सरासर गइन र सबै धुन हालिन।
म यत्तिकै चुपचाप लौन्ज रुममा उभिएर उषाको क्रियाकलाप हेरिरहेछको रहेछु। मेरो एकाग्रतालाई भङ्ग गर्दै सोधिन “किन के भो आशिष?”
“होइन केही पनि भएको छैन” मैले भने।
उषा फेरि बेलुका के खाना खाने,भन्दै फ्रीज खोलिन र सोधिन”
मैले एकछिन केही नबोले पछि फेरि भनिन्न, “फ्रीजमा त धेरै केही पनि रहेनछ।
ठिकै छ अहिले मेरो सामान लिन जादा सपिङ्ग गरेर आउनु पर्छ है?”
मैले टाउको हल्लाउँदै हुन्छ भने।
केहीबेर पछि उषा मेरो छेउ आउदै सोधिन”आशिष तिमिलाइ मैले गार्हो बनाएको त छैन नि?” मलाइ लाग्यो, मेरो चोइटेको मुटुमा बल्झिएको दुखको घनत्तो नाप्न यो प्रश्न गरेको हुनुपर्छ उषाले त्यसैले मैले छैन मात्र भने।
त्यसो भए “जाउ हिड न त मेरो सामान लिन” भन्दै उषाले आफ्नो उदेश्य प्रतिको दृढता झल्काइन। मैले हुन्छ भन्दै तल झरे, उषा पनि मेरो पछि पछि तल झरिन। हामी गाडीमा बस्यौ र उषा बस्ने सव-र्वव तिर हुइकियौ। आज उषाले घर सम्मै मलाई लिएर गइन। घरमा एक जोडि अरु रहेछन।
दाइ भाउजू! उ मेरो साथी “आशिष” भन्दै छोटो परिचय गराइन र मलाई एकैछिन बैठक कोठामा बस है! भन्दै अफ्नो कोठा तिर लागिन। उनी सङ्गै भर्खर परिचय भएकी महिला पनि पछि पछि उनकै कोठामा पसिन। आधा घण्टा जस्तो मा उषा गहभरी आसु पार्दै बाहिर निस्किइन एउटा लगेज लिएर र भनिन्न “आशिष जाउ हिड”।
मैले अघि भर्खए परिचय भएको जोडि लाई हेरे। उनिहरु दुबैको अनुहार मलिनो थियो कुनै ठुलै बिपत्तिको समाचार सुनेर हतोत्साहित भएका जस्ता। केही नबोली म उषा सङ्गै बाहिर निस्किए। त्यसपछी हामी सिधै स्वानसि मार्केट गयौ र घरलाई चाहिने सपिङ्ग गर्यौ।
मेरो अपार्ट्मेण्ट मा आइपुग्दा बेलुका को ६:३० बजिसकेको थियो त्यसैले मैले डिनर बनाउन तर्खर गर्न के थालेको थिए “के गर्न ला” ठूलो स्वोरमा कड्किइन।
डिनर बनाउन लाग्या नि भन्दै कुरा नबुझै गरेर जवाफ फर्काए। “तो त मलाइ पनि थाहा छ तर म भएको बेलामा मै पकाइ हाल्छु नि तिमिले किन टेन्सन लिन्छौ” भन्दै मेरो हात बाट काट्दै गरेको सब्जी खोसिन।
मैले पनि यहि मौका हो भन्दै थपे ” तिमी सधैं म सङ्ग बस्ने होइन क्यारे, केही गरेर तिम्रो बानी पर्यो भने मैले के गर्ने नि?”
“के गर्ने नि अब बिहे गर्ने उमेर पुग्यौ के रे” भन्दै कुरा लाई हलुका बनाइन।
“मैले बिहे गर्छु भनेको ले आर्कै सङ्ग बिहे गर्छु भन्छ, खै यो जुनिमा त बिहे हुदैन होला” भन्दै कुरा उषा माथी नै फ्याकिदिए।
उषा एकछिन केही नबोली डिनर बनाउन थालिन।
उषाले केही नबोलेको देखे पछि फेरि टिठ लागेर आयो र आफैलाइ गाली गर्दै सोचे उसको पनि त हालत मेरो जस्तै हो। उसको पनि त मुटु मेरो जस्तै छिया छिया छ।
एकैछिनमा डिनर तयार भो आशिष भन्दै उषाले मेरै घरमा मलाइ नै डिनरको निम्तो दिइन। म सरासर टेबुलमा गएर बसे, उषाले आफुलाइ र मलाइ डिनर परोसिन र हामिले पहिलो पटक सङ्गै डिनर खायौ। आफ्नै आमाले बनाएर दिए जस्तो धेरै पछि यति मीठो खाना खान पाउँदा खुशीको सिमा रहेन। सोचे कति अभागी रहेछ नवीन जसले उषा जस्ती सर्वगुण सम्पन्न लक्ष्मिको प्रेम प्रस्ताव अस्विकार गर्यो।
****
डिनर र अरु सम्पुर्ण काम भ्याए पछि एकछिन हामी बाहिर लौन्जमा बस्यौ। दिनभरिको पीडा र मनबाट निस्केको धुवाँको मुस्लोले हामी दुबैलाई गलाही सकेको थियो। मैले उषालाई नवीन कहाँ बस्छ त भनेर सोधेको मात्र के थिए भोलि कुरा गरौंला नि है भन्दै बिट मारिन। मैले पनि दुखेको मुटुमा धेरै कोट्याएर झन गहिरो गल्छिमा उषालाई पुर्याउन मन लागेन।
एकैछिन हामिले पहिलो भेटको कुरा गर्यौ। मलाई अझै धेरै बेर कुरा गरौ झै भाथ्यो तर उषा धेरै गलिकि देखिइन त्यसैले म आफै “अब सुतौ है” भन्दै म जुरुक्क उठे। उषाले पनि हुन्छ भन्दै उठिन। म आफ्नो कोठा तिर जाँदै थिए उषा “गूड् नाइट आशिष” भन्दै केहिबेर मलाइ नियालेर हेरिन। मैले एकछिन पछि गुड नाइट फर्काए।त्यसपछि हामी दुबै आ-आफ्नो कोठामा गयौ।
फुटेको किस्मत
बिहान उठ्दा ८ बजि सकेको रहेछ। आज त आइतबार, अफ डे। उठ्ने बित्तिकै म सदा झै सरासर बाथरुम तिर लागे बिहानको नित्यकर्म गर्न। बाथरुमको ढोका खुल्लै थियो म सिधै भित्र पसे। भित्र पसेको मात्र के थिए, “कता आको आधि नाङ्गै भएर” भन्दै मलाई अब म मात्र बस्दिन यो घरमा भन्ने पार्दै उषा बेस्सरी हासिन। उषा ब्रस गर्दै रहिछिन। म रातिपिरो हुँदै सरि भन्दै बाहिर निस्किए।
एकछिन पछि उषाले “यो घरमा अब तिमी मात्र छैन म पनि छु नबिर्सिनु नि”भन्दै मुस्कुराउ थालिन।
म त्यसपछी तोलिया बेरेर पहिलो चोटि आफ्नो बाथरुममा पसे।
म बाहिर निस्कदा ब्रेकफास्ट रेडि भै सकेको रहेछ। कपडा लगाएर छिटो आउ नत्र ब्रेकफास्ट सेलाउला भन्दै उषाले ब्रेकफास्टको निम्ता दिइन। म रेडि भएर ब्रेकफास्ट खाए।
सायद १० बजेको थियो होला। मेरो अपार्ट्मेण्टको मुल ढोका बेस्सरी ढकढककायो। मलाइ को हो भनेर चिन्न धेरै समय लागेन। मैले ढोका खोलि दिएपछि अनिता भित्र छिर्दै कड्कि “कति बेर लागेको तिमिलाइ ढोका खोल्न”
“अनिता” मेरो मिल्ने साथी। मिल्ने हुँदा हुँदै पनि उषाको बारेमा अहिलेसम्म बताएको थिइन।
किन कि म नपुगिने गन्तव्यको यात्री भएर आफ्नो वा अरु कसैको नाम बदनाम गराउने स्वाभाब भएको मान्छे होइन त्यसैले कहिल्यै अनितालाई उषाको बारेमा बताइन।
अनिता हरेक दोस्रो या तेस्रो आइतबार मेरो अपार्ट्मेण्टमा मलाइ भेट्न आउछे। कहिले एक्लै कहिले अरु साथीहरू सङ्ग आउछे।
बेला बेलामा लथालिङ्ग भएको सामान ठिक ठाक पार्दिने र सफा गर्दिने काम पनि गर्दिन्छे। मलाई खाना पकाउन अनिताले नै हो सिकाको। खाना घरमा नै पकाएर खानुपर्ने नत्र बिरामी परिन्छ भन्छे त्यसैले अनिताकै करकापमा खाना बनाउन सिके। अहिले सोच्छु ठिकै गरिएछ सिकेर।
तर अनिताले मेरो अपार्ट्मेण्टमा आएर काम गरेको मलाइ मन पर्दैन त्यसैले मैले धेरै पटक “अनिता तिमिले केही गर्नु पर्दैन के, म आफै गरिहाल्छु नि, तिमिलाइ यसरी नजानिदो पारामा कजाएको मलाई राम्रो लागेको छैन” भनेर आफ्नो असन्तुष्टि व्यक्त गरे तर अह मेरो कुरा कहिल्यै सुनिन झन “यति नगर्दिने हो भने तिम्रो अपार्ट्मेण्ट सुँगुर बस्ने खोर हुन्छ” भन्दै कराउछे हरेक पटक।
उ मेरो नजिकको र धेरै मिल्ने साथी भएर होला आफ्नो मनमर्जी गर्छे।
मैले धेरै चोटि धेरै ठाउँमा मद्दत पनि गरेको छु अनिता लाई सायद मेरो सहयोगको ऋण जुन मलाई चाहिएको छैन, चुक्ता गर्न खोज्दै छे वा अरु नै केही छ त्यसैले आजसम्म मैले नगर भनेको कुरा गरेरै जान्छे। धेरै चोटि भन्दा पनि नसुने पछि चाहिँ आजकल मैले नगर भन्नै छाडे।
घर भित्र छिर्ने बित्तिकै उषा लौन्जमा थिइन अनिताले देखि। एकछिन अचम्म मान्दै मलाई र उषा लाई हेरि। त्यसपछि केही नबोली सरासर मेरो कोठामा गइ र मलाइ “आशिष भित्र आउ त” भन्दै बोलाइ। उषा तिर यसो हेरेको उ पनि अचम्म मान्दै मलाई शंकालु नजरले हेर्दै थिइ।
म मेरो कोठामा गए, अनिता ले यो केटि को हो? र यहाँ के गर्दैछे? कहिले बाट छे? र किन छे? लगायत धेरै प्रश्नको वाणले मलाइ थुचुक्कै पारी। केही सीप नलागेपछी मेरो र उषाको बारेमा सबै कुरा बेलिबिस्तारमा बताए तर मैले नवीनको नाम कहिनेर नि निकालिन किन कि यो बिश्वासको कुरा थियो जुन उषाले म मा देखेकी थिइन र म त्यस बिश्वासलाई तोड्न चाहदैन थिए।
अनिता अँखा भरी आँसु पार्दै मलाई बेस्सरी अङ्गालो हाली।मेरो फुटेको किस्मत! तेत्ती नै खेर फेरि उषा मेरो कोठामा आएकी रहिछे, अनिताले अङ्गालो हालेको देखि र तुरुन्तै फर्कि।
एकछिन पछि अनिता पनि त्यसो भए म अहिलाइ जान्छु आर्को हप्ता तिर आउछु होला भन्दै निस्की। म हेरेको हेरै भए। मैले हुन्छ सम्म भन्न नभ्याउदै उ निस्की। उसको अनौठो यस्तो क्रियाकलापले आज मलाई अचम्म बनायो।यसरी उसले आशु झारेको र यति छिटो मेरो अपार्ट्मेण्ट बाट निस्किएको कमै देखेको छु।
पाँच/छ महिना अगाडि होला सायद, मलाई एउटा केटाले धोको दियो आशिष भनेर बेस्सरी रोएकि थिइ। धोका दियो त भनी तर कसले धोका दियो र किन दियो आज सम्म मैले सोधेको पनि छैन र उसले भनेकी पनि छैन। टुटेएको मुटु समाइ पुरै दुई हप्ता सम्म मेरो अपार्ट्मेण्टमा उसका अरु नजिकका साथिहरु सङ्ग बसेर गएकी थिइ।
उ यहाँ दुई हप्ता बस्दाखेर नै हो मैले सिकेको खाना बनाउन नत्र जहिल्यै टेक वे मा नै जीवन धानिएको थियो।
स्वानरिभर
मेरो बिग्रेको भाग्य! दिक्दार लाग्दो!
आजै उषाले देख्नु परेको अनिताले मलाई अङ्गालो हालेको। म आफूलाई राम्रो सङ्ग चिन्दछु त्यसैले आफुलाइ प्रस्ट्याउन जरुरी ठानिन तर भित्र भित्र अलिक गुम्सेको अनुभुती चाहिँ नभाको होइन।
एकछिन पछि उषाले पर्थ सिटी जाउ न है भनिन मैले किन पर्थ सिटी भन्दै आफ्नो सिटी जाने मनसाय तेत्ती नभएको झल्काए। केही फोटो खिचौला, घुमौला र बेलुकाको डिनर पनि उतै अन्नलक्ष्मिमा खाएर आउला, म अहिलेसम्म त्यहाँ गएर खाएको पनि छैन भन्दै मलाई कन्भिन्स गर्ने प्रयत्न गरिन। अन्नलक्ष्मि एउटा मार्वाडी समुदायले चलाएको रेस्टुरेन्ट जुन बेल टावरको छेउमा स्वान रिभर सङ्गै टासिंएर रहेको छ जहाँ ग्राहकले आफ्नो खुशीले खानाको मुल्य चुकाउने गर्छ्न।
मैले उषाको भित्री योजना बुझी हाले र भने हुन्छ नि तेसो भए भन्दै गाडी निकाल्न थाले। गाडीमा होइन त आज बसमा जाउ भन्दै उषाले प्राइभेट यात्रालाई अलिक पब्लिक बनाउन खोजिन। हस भन्दै गाडी तेहि ग्यारेजमा छोडेर हामी पर्थ सिटी जान अल्बेनी हाइवे को बस स्टानमा १७० नम्बरको बस कुरेर बस्यौ। एकछीन सुन्यताले राम्रै सङ्ग ठाउँ पायो। मैले सुन्यता लाई भङ्ग गर्दै उषा लाई सोधे “अब त नविनको बारेमा केही बताउ” मेरो बोली भुइँमा नखस्दै उषा बोलिन “किन नवीन नवीन मात्र नि अनिता को बारेमा चाहिँ कसले बताउछ नि?” यतिखेर उषा को अनुहार हेर्न लायक थियो।
मैले के भो फेरि तिमिलाइ भनेर के सोधेको थिए झर्किदै “केही भा छैन”भनिन तर म प्रष्ट देख्न सक्थे जलन झिल्को उनको अनुहारमा। म भित्र भित्र दङ्ग पर्दै उषा लाई हेरे। ठूलो अँखा देखाउदै आफ्नो नाराजगी देखाइन। मैले दुबै हात लाई फाल्दै के भो र? भने। उषाले गाडी आइपुग्यो भन्दै हात हल्लाइन। गाडी रोकियो, मैले दुइटा सिटी सम्मको टिकट लिए र पछडिको सिट खाली
रहेछ तेहि गएर दुबै चुपचाप बस्यौ। स्वानरिभर कटिसके पछि भने एउटा सेल्फी लिउन है भन्दै उषाले एउटा सेल्फी म सङ्गै मुख चुच्चो बनाउदै लिइन र फेसबुक मा अप्लोड गरिन “ट्राभेलिङ्ग टु पर्थ सिटी भिआए ट्रन्सपर्थ बस आफ्टर लङ्ग टाइम विद बेस्टी” भन्दै”।
मलाई लाग्यो फेसबुक नभईदिएको भे, के उषा म सङ्ग टासिंएर यसैगरी सेल्फी लिन्थिन त? के अहिले भर्खर लिएको तस्बिरको कुनै उपादयाता रहन्थ्यो त? धन्य छ मार्क जुकरबज तिमिलाइ कयौं जलेको मुटुहरुको संवाद केन्द्र फेसबुक लाई बनाइदिएको मा। न फोन लगाउनु पर्ने, न प्रत्यक्ष कुराकानी नै गर्नुपर्ने! एउटा स्टाटस लेख्यो र सिधै दिलमा हमला गर्यो।
उषाको परिवर्तन
दिनभर सिटी घुमफिर गरिसकेपछी, बेलुका तिर हामी अन्नलक्ष्मि पुग्यौ। आइतबार भएर होला अलि भिड्भाड थियो। रिसेप्सनिष्ट ले “वेल्कम टु अन्नलक्ष्मि” भने पछि बल्ल मेरो ध्यान रिसेप्सन तिर गयो। यसो हेरेको खानाको मुल्य तोकिएको रहेछ। मैले खानाको मूल्य तोकिएको बारेमा आश्चर्य ब्यक्त गरे। रिसेप्सनिष्टले सबै कुराको मूल्य बढेको र साथै ग्राहकको चाप बढेको हुनाले यो चमेनागृह लाई निरन्तरता संचालनार्थ मिनिमम मुल्य तोकिएको बताए पछि हामी पनि मिनिमम मुल्य तिरेर डिनर लिदै सिधै टेबुल तिर गयौं। उषाले चामलको दुइटा रोटि हालिछन सायद हाम्रै जस्तै मीठो हुन्छ भन्ने भान हुदो हो। एउटा चाखेपछी चाहिँ आर्को खान मन गरिन्न र मलाई अफर गर्दै भनिन ” आशिष यो चामलको रोटि खान्छौ?”। म सामान्यतया खाना खेर फाल्नु हुदैन भन्ने स्वाभावको मान्छे तेहि माथि ठूलो ठूलो अक्षरमा खाने सक्ने मात्र हाल्नु होला भनेर खाना राखेको ठाउँमा लेखिएको थियो। त्यसैले हुन्छ खान्छु भने। उषाले रोटि मेरो प्लेटमा राखिदिइन। मैले मीठो मानी मानी खाए। एकछिन पछि “तिमिलाइ मैले त्यसै सोधेको त तिमिले सिधै मेरो झुठो खायौं” भनी।
मैले केही बोलिन किन कि बोल्नु आवस्यक थिएन। मलाई उषाको सानो सानो कुराहरु सङ्ग जती सकिन्छ तेति धेरै खुशी र सन्तुष्टि लिनु थियो। तेहि भएर नै मैले उषाको जुठो पहिलो चोटि खाएको थिए।
खाना साना खाइसकेपछी हामी एलिजाबेथ-किइ मा गयौ। एलिजाबेथ किइ एउटा घुम्न र रम्न मिल्ने भर्खर बनाएर सकिएको झिलिमिली पार्क हो। इलिजाबेथ किइ ले आफ्नो सौर्न्दर्यको लालित्यमा हजारौं मनुवाहरुला हरेक साझ लठ्ठ परिरहन्छिन। हामी पनि तेहि गएर केहीक्षण लठ्ठ पर्यौ, फोटो खिचौ र फेरि सेल्फी लियौ हजारौं मनुवा झै गरि।
अपार्ट्मेण्टमा फर्किदा १०:३० भइ सकेको रहेछ। अर्को दिन हामी दुबैको काम थियो। त्यसैले मैले अब ढिला नगरिकै सुतौ है भने उषालाइ। किन यति छिट्टै सुत्न जान खोज्या? भन्दै मेरो प्रस्तावलाई रिजेक्ट गरिन।
“भोलि बाट काम सुरु भो नि थाहा छैन मैसाब लाई, कि काम मा जानू पर्दैन?” मैले भने।
“मैले त सिक कल गरिसके भोलिको” उषाले भनिन।
किन के को सिक कल नि फेरि? मेरो प्रश्न अलि ठाडै गयो। मेरो एड्रेस चेन्ज गर्नुछ धेरै ठाउँमा तेहि भएर नि भन्दै कुरा लाई आन्तै मोडिदिइन। एड्रेस चेन्ज गर्नका लागि मात्र उषाले सिक कल गरि भन्नेमा म पुर्ण सहमत भइन। फुटेको र चातिएको मुटु जोड्न र सिलाउन लाई केही दिन समय लाग्ने हुनाले सिक कल गरिन होलि। तर मैले नजाने झै गरि सोधे “के तेस्तो इम्पोर्टेण्ड कुरा आउदै छ र एड्रेस चेन्ज गरिहाल्नु पर्ने?
उषाले सबै कुरा अहिले नै भन्नू जरुरी छ र? भन्दै अन्तै मोडिइन र सोधिन।”तो अघि बिहान आएको केटि के पर्छ तिम्रो? अनि
किन अङ्गालो हालेकी नि तिमिलाइ?”
किन चाहियो तिमिलाइ भन्दै प्रतिप्रश्न गर्दै उषा लाई सोधे” बरु तिमी बताउ नविनको बारेमा। इस्यु त तिम्रो र नवीन को पो छ”
“मलाई तो केटिले तिमिलाइ अङ्गालो हालेको मन परेन” भन्दै फेरि मेरो प्रश्नलाई वेवस्ता गरिन।
मैले कर लगाएर फेरि तेहि प्रश्न सोध्न मन गरिन र उषाले पनि भन्ने छाटकाट निकालिन्न।
तर मलाई चाहिँ अनिता र मेरो सम्बन्धको बारेमा बताउन मन लाग्यो। तर बताउनु भन्दा पहिला एकैछिन उषा सङ्ग जिस्किन मन लाग्यो किन कि कष्ट सहेर बसेको मेरो मुटु लाई भाग्यको भरमा छोड्न त म पनि चाहदिन थिए त्यसैले अलि अलि प्रयत्न गर्नैपर्थ्यो र सोधे ” धेरै नै जलन भएको छ भने मेरो श्रीमति बनन त! तिमिलाइ मैले आफ्नो बनाउछु भनेकै छु। किन बेकारमा अनिता प्रती कुण्ठा पालेर बस्छयौ”
“बाइ द बे म जलेको होइन, तो केटि तिम्रो लागि योग्य छैन भन्न मात्र खोजेको। र रह्यो तिम्रो श्रीमति बन्ने कुरा! यो जुनिमा त म नवीन कै भइसके सो पिलिज डोन्ट आस्क दिज स्टुपिड कोइसन्स अगेन” भन्दै मेरो भावना र छातिमा छुरा धसारिन। आफैलाइ धिक्कार्दै चुप लागे केही बोलिन किन कि बोल्ने ठाउँ मैले बाकी राखेको थिइन।
मैले कुरा लाई सुत्ने तर्खर तिर मोडिदिए र गूड नाइट उषा भन्दै आफ्नो कोठा तिर लागे।उषाले पनि गूड नाइट आशिष तर म एकैछिन पछि सुत्छु भन्दै मलाइ बाटो फुकाइदिन। मन भरी कुरा खेल्यो धेरै बेर। घरी यता घरी उता कोल्टे फेर्दा फेर्दै रातिको १२ बजे छ। अलि अलि प्यास लागेको थियो यसो पानीको बोटल खोजेको किचनमा नै छुटेको रहेछ। जुरुक्क उठेर रुम को लाईट बाले र किचनमा छुटेको पानीको बोटल लिन जान्छु भनेर यसो लौन्जमा मात्र के पुगेको थिए उषा लाई देखे लौन्ज मा सुतिरहेको। अलि जाडो भएछ कि सायद कुक्रुक्क परेर निदाएकी रहिछिन। यसो नियालेर हेरेको, निदाउदा पनि कम्ता राम्री देखिएकी थिइन्न। भनिन्छ मान्छेको असली रुप हेर्ने हो भने उ निदाउदा हेर्नू रे किन कि निदाउदा उसले ढाट्न बिर्सन्छ रे।
उषाको मलाई एकदमै माया लागेर आयो र उठाउछु भनेर एक दुई चोटि उषा उषा भने तर अह उषा उठिन्न। धेरै दिन देखि गलेकी उषा लाई उठाएर उसको निन्द्रा बिगार्न चाहिन त्यसैले बरु बोकेरै बिस्तारामा लगिदिन्छु भनेर उषा लाई बिस्तारै जुरुक्क उठाए। मेरो बहुपासमा उषा लाई उठाउदा म आफैलाइ संसारकै भाग्यमानी ठानिरहेको थिए। उसको निर्दोष अनुहार धेरै बेर नियाले अनि लाग्यो भगवानले मलाई अन्याय गर्दा गर्दै पनि न्याय गरेकै छन, प्रेम प्राप्त न हुदा हुँदै पनि कम्तिमा प्राप्त छन यी यस्तै क्षण।
केहीक्षण पछि उषा लाई उनको बिस्तारामा सुताइदिए एउटा गुड नाइट किस दिदै निधारमा।
र किचन बाट पानीको बोटल लिदै सुत्न गए। कतिखेर निदाएछु थाहा नै भएन एकैचोटि बिहानको आलार्म बज्दा ब्युझेछु। विहानको नित्य कर्म सकेर म अफिस गए एउटा “होप यु ह्याव अ ग्रेट डे उषा, दिस इज आवर होम एड्रेस एण्ड इफ यु निड एनिथिङ्ग पिलिज कल मि, सि यु सुन” लेखेको एउटा नोट डाइनिङ्ग टेबुलमा छोडेर।
आज काम गर्दा कत्ती पनि आलस्यता महसुस भएन बरु कतिखेर ४:२१ बज्ला र उषालाइ भेट्न जाउला झै भो तर भित्र कतै कुनामा चाहिँ हिजो उसलाइ बोकेर उनको बिस्तारामा लगिदिएको बारेमा केही भन्ने हो कि भन्ने डर पनि थियो। जे भए पनि अब हुने कुरा लाई कसैले टारेर टर्ने थिएन त्यसैले कतिखेर उषा लाई भेटौ झै हुँदै थियो।
******
म मेरो अपार्ट्मेण्टमा आइपुग्दा बेलुकाको ५:१५ बजिसकेको थियो। भित्र पस्ने बित्तिकै लौन्जमा अँखा पुर्याए। उषा आफ्मो कम्पुटर चलाएर बसेकी थिइन। हाइ उषा भन्दै भित्र आफ्नो कोठामा पसे। केही क्षण पछि तयार भएर बाहिर आए र उषा लाई सोधे ” सबै एड्रेस चेन्ज गर्यौ त?” “अ गरे” छोटो उत्तर फर्काइन। लाग्यो उषा भित्र भित्र रिसाइछिन।
म चुपचाप किचन पसे र डिनरको लागि तयारी गर्न थाले।
मैले सबै पकाइ सकेको छु भन्दै उषा किचनमा पसिन कफि बनाइदिउ तिमिलाइ भन्दै। मैले हुन्छ भने र लौन्जमा गएर टिभी हेर्न थाले। एकछिनमा कफि आइपुग्यौ र हामी दुबैले कफि पियौ।
अनि कस्तो रह्यो त तिम्रो दिन भन्दै बार्तालाप सुरु गरिन उषाले। उनको चम्किलो अनुहार नियालेर हेर र भने राम्रो रह्यो अलि बिजि बिजि अनि तिम्रो कस्तो रह्यो त मैले पनि प्रश्न गरे।
“ठिकै” भन्दै हाम्रो बार्तालाप लाई बन्द गराउने चेष्टा गरिन। मैले कुरा लम्बाउन फेरि आर्को प्रश्न गरे “नवीन सङ्ग फोन भो तिम्रो?”
फोन उठाएन तर एउटा मेसेज पठाएको थियो भन्दै धेरै कुरा खुलाउन चाहिन्न तर मलाई भने अरु बढी कुरा जान्नु थियो यसपालि त्यसैले सोधे ” के लेखेर पठाएको छ त?”
“सरि फर अल मिसअण्ड्रसटानिङ्ग एण्ड होप यु अण्ड्रसटाण्ड मि ओन डे मात्र भनेको छ” भन्दै भर्खर चम्काएको अनुहार साझपख टाप्रे मुर्झाए झै मुर्झाइन।
यदि तिमिलाइ ठिक लाग्छ भने म भेटेर कुरा गर्यौ भन्दै मैले प्रस्ताब राखे।
तिमी किन जान्ने हुनु पर्यौ मेरो कुरोमा, अलि दिन पछि उ आफै बोलाउदै आउँछ किन कि संकल्प लियो भने बिजय निश्चित छ भन्ने कुरा मलाइ राम्रो सङ्ग थाहा छ भन्दै उषाले मेरो प्रस्ताव फेरि ठुकराइन।
होइन एउटा आक्रमणले टुट्दैन यसको मुटु भनेर नै होला बारम्बार हमला गरिरहन्छीन विभिन्न हतियारले तर यसपटको हमलाले एउटा पाठ चाहिँ मलाई पनि सिकायो।
तो हो संकल्प को!भबिस्यको कुरा गर्न त म पनि सक्दिन तर संकल्प लियो भने बिजय निश्चिति छ भन्ने चाहिँ मलाइ पनि राम्रो सङ्ग थाहा छ।
यी यावद कुराहरु हुदाहुदै दुई हप्ता राम्रै सङ्ग बित्यो। यो दुई हप्ता भित्रै उषाको प्रभाव नराम्ररी चढ्दै थियो म मा र जसरी पनि उषालाइ आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने मेरो भित्री संकल्प दिनानुदिन मजबुत हुँदै गइरहेको थियो। किन कि यो दुई हप्तामा उषाको आनिबानिमा धेरै परिवर्तन भएको मैले महसुस गरेको थिए र उषा म सङ्ग बोल्दा अलिक नरम भएर पनि बोल्न थालेकी थिइन।
प्रेमबाट हेपिएका पीडित
आज आइतबार!
अनिता बिहानै आइपुगी ” के छ आशिष तिम्रो खबर भन्दै”?
मैले मेरो सबै ठिक छ भन तिम्रो के छ भने उ भित्र पस्दै गर्दा।
गुड मर्निङ उषा भन्दै मेरो प्रश्न को जवाफ नर्फकाइ अनिता सरासर उषा बसेको ठाउँमा पुगि।
म अचम्म मान्दै उनीहरु भएको ठाउँमा आए। दुई हप्ता अगाडि सम्म देख्न नरुचाउने यी दुबै कसरी यति छिट्टै मिल्ने भए भनेर।
अनिता तिमी म नहुदा मेरो अपार्ट्मेण्टमा आएकी थियौ र भनेर मेरो शंका को निवारण गर्ने प्रयत्न गरे।
किन र? भन्दै अनिता कड्की।
आएकी थिइन गत हप्ता भन्दै उषाले मेरो शंकालाई सहि साबित गरिन।
ए ल कुरो बुझे मैले भन्दै म बेस्सरी हासे।
उनिहरु दुबै एकाअर्कालाई हेरेर मेरो हासोको पासो बुझ्ने चेष्टा गर्दै प्रश्न तेर्साए किन के कुरो बुझौ र किन बिनाकारण हास्दै छौ? कुनै लाफ्टर च्यालेन्ज हुँदै छ कि क्या हो?
तिमिहरु कति चाडै मिल्न पुगेछौ र दुबै मिलेको कुरा मलाई थाहा सम्म छैन भन्दै मेरो हासोको रहस्य बताइदिए।
हामी दुबै माया प्रेम बाट हेपिएर पीडित रहेछौ र टुटेको मुटु ले आर्को फुटेको मुटुको पीडा बुझ्दो रहेछ तेहिभएर नजिकियौ उषाले झ्वाट्ट बोलिन।
हामी दुई होइन, हामी तिनै जना भन्दा अलि सान्दर्भिक हुन्छ होला होइन उषा भन्दै आफू पनि प्रेममा हारेको मान्छे हु भन्ने आसय दर्शाए।
कुरा सङ्ग खेल्न त कसले सकोस है तिमिलाइ
भन्दै उषाले मेरो आसय बुझि।
पर्यो भने कुरा सङ्ग मात्र होइन ज्यान सङ्ग पनि खेल्छु भन्दै आफू आफ्नो संकल्पमा दत्तचित्त भएको प्रष्टाए उषालाइ।
तर जिन्दगी को अन्तिम खेल चाहिँ नबनाउनि फेरि भन्दै उषाले मेरो हौसिएको मुटुलाई शब्दरुपि हमलाले फेरि घायल बनाइ। घाइते भए पनि उषा प्रतिको प्रेम घटेको चाहिँ फिट्टिकै थिएन किन कि नदिको पानी लाई धेरैले रोक्न सक्छन तर आकाशको पानी लाई कस्ले रोक्ने? मेरो काया होशमा रेहे सम्म मेरो मुटुले पनि उषा कै सपना देख्नेछ। म आफै रोक्छु भने रोक्न सक्ने छैन आकाश बाट बर्षने बर्षात कसैले रोक्न नसके झै। पानी र बर्षातको उपमा किन राखेको भन्दा पानी/बर्षात जीवन हो हरियाली बर्षाउने। खोलो, नदि रोकिन सक्छ, मोडिन सक्छ तर बर्षात लाई कसले रोक्ने? मेरो मुटु उषाको प्रेममा एक्लो बर्षात बनिरहेको थियो रोकेर रोक्न नसक्नेगरि।
आइतबार यत्तिकै बित्यो। कुरै कुरामा अनिताले पनि “उषा कम्तिमा तिमिलाइ त अरु कसैले प्रेम नगरे पनि आशिषले त गर्छ”भन्दै सम्झाउने प्रयत्न गरि। तर अह उषा आफ्नो बिश्वास बाट एक ढिक तल झरिन्न बरु मेरो बिश्वास नै मेरो जित हो अनिता! तिमिलाइ म कसरी भनु कि म मेरो प्रेमि जुन मैले तिमिलाइ अहिलेसम्म भनेको छैन को हो भनेर, बिना म बाच्न सक्दिन र उ बाहेक अरु कसैको कल्पना सम्म गर्न सक्दिन भन्दै आफ्नो अठोट प्रकट गरिन। को हो तिम्रो प्रेमी अब त भन उषा! भन्दै अनिताले बुझ्ने प्रयत्न गरि।
यो बिश्वास र इमानदारीता को कुरा हो अनिता! सरि अहिले म मेरो प्रेम लाई बजारु बनाउने पक्षमा छैन भन्दै अनिता लाई फुलस्टभ लगाइदिइन उषाले।
उषाको बिहे
आज सोमबार! हामी दुबै आ-आफ्नो काम मा निक्लियौ। आजसम्म मैले उषालाइ तिमिले के काम गर्छ्यौ? कहाँ काम गर्छ्यौ सोधेको छैन किन कि मैले भनी हालेनी अरुको निजि जिन्दगी चिहार्दै हिड्ने मेरो बानि छैन।
र उषाले पनि अहिलेसम्म मलाई म के गर्छु भनेर सोधेकी छैनिन्न।
बेलुका म काम सिद्दिएपछी सिधै आपार्ट्मेण्ट नगइ भिकपार्क को एउटा पबमा पसे। सामान्यतया म सिधै अपार्ट्मेण्ट जान्छु काम सिद्दिएपछी तर मलाई आज हेर्नू थियो उषाले म अपार्ट्मेण्ट नजादा केगर्छिन भनेर, फोन गर्छिन कि गर्दिन्न भनेर! बेलुका ६ बजे तिर उषाको फोन आयो। पहिलो कल उठाइन। एकछिन पछि फेरि फोन आयो। मैले उठाए हेलो भन्दै उता बाट अलि अलि रोएको आवाजमा “आशिष छिटो घर आउन है” भन्दै झन चर्को स्वोरमा रोएको आवाज आयो। मैले दुई प्याग लगाएको थिए अहिलेसम्म र अलि अलि झ्याम्म बन्दै थिए तर उषा रोएको सुनेपछी तो दुई प्यागको झ्याम्म कता हरायो हरायो।
म हत्तपत्त अपार्टमेण्ट पुगे। उषाको अनुहार मलिनो थियो। आशुले गाजल मुहार भरी लतपत्तिएको थियो। सधैं चिटिक्क परेर बस्ने उषा आज लथालिङ्ग देखिन्थिन। टेबुलमा सायद कफि होला सेलाएर तेसै थियो। कागज पत्रहरु सङ्गै केही प्लेटहरु छरपस्ट थियो। राम्रो फुलवारी लाई कुल्चिएर अत्यन्तै दयनीय बनाइदिए जस्तो उषा दयनीय देखिन्थिन। मलाई डर लागेर आयो। आफ्नो डर भगाउन पनि अब उनको रुवाइको कारण सोध्नै पर्ने भो। के भो उषा? तिमी किन रोएको? के हालत बनाएको आफ्नो? भन्दै प्रश्नहरु गरे।
उषाले आफ्नो कम्पुटर म भए तिर तेर्साइन।
मैले कम्पुटर यसो हेरेको मात्र के थिए बुझी हाले अस्ट्रेलियन इमिरग्रेसन बाट आएको इमेल रहेछ। मैले इमेल नपढि अलि शंकालु नजरले उषा लाई सोधे ” इमिर्ग्रेसनले किन पठाएको रहेछ यो इमेल?”
“पढ न पहिला अनि बुझी हाल्छौ नि” भन्दै फेरि सुक्क सुक्क गर्न थालिन उषा।
मैले इमेल पढ्न थाले। इमेल मा बिशेषत उषाले पिआर को लागि दिएको निवेदन अस्वीकार गरिएको जानकारी थियो। अन्य प्राबिधिक कुराहरु पनि थिए तर मेरो ध्यान अन्य कुराहरुमा भन्दा पनि उषा अहिलेसम्म टेम्पोरेरी भिसामा रहेको भन्ने कुरा मलाइ थाहा नभएको मा नै बढी केन्द्रीत रह्यो।मलाई त लाग्थ्यो उषा अलरेडी नै पिआर होल्डर हुन।
“मेरा सबै सपनाहरू चकनाचुर हुने भो आशिष! मेरो मात्रै होइन सम्पुर्ण परिवार कै सपनाहरू चकनाचुर हुने भो। यत्रो बर्ष सम्मको मेरो मिहिनेत र लगानी अब त्यसै खेर जाने भो। मेरो त्याग र तपस्या को नतिजा यस्तो पिरो आउला भनेर कहिल्यै सोचेकी थिइन। अब मैले के गर्ने? झन बुढा भएका बाबू आमा लाई अस्ट्रेलिया घुमाउन ल्याएर अलिकति भए पनि सुख दिन्छु भन्ने सोचेकी थिए सब बर्वाद भो आशिष। मैले मेरो परिवारको लागि केही गर्न सकिन”
भन्दै डाको छोडेर रुन थालिन।
आफ्नो दुःख भन्दा ठूलो दु:ख संसारमा अरु कसैको हुदैन रे! उषाको टुटेर घाइते भएको मुटुमा फेरि आर्को बज्रपात!
मैले पनि सहनै सकिन। तर म एउटा लोग्ने मान्छे उषा लाई आड्स दिन छोडेर सङ्गै उनी सङ्ग रुन पनि सक्दिनथे। त्यसैले आफुलाइ सम्हाल्दै उषाको हात समातेर भने “सबै ठिक हुन्छ उषा, नआत्तिउ म छु नि”।
म के गरौ आशिष भन्दै उषाले मलाई अङ्गालो हालिन। “तिमिले संसार हारेकी छैनौ उषा! तिम्रो त्याग र तपस्याको प्रतिफल प्राप्त भएरै छाड्छ नआत्तिउ। कसै कसैलाइ अलिक दुख नगरी कहिले केही प्राप्त हुँदैन तिमी तेहि मध्य एक परिछयौ, म छु नि हिम्मत नहार” भन्दै बन्धन कसिलो बनाए। एकछिन पछि उषाले आफ्नो बन्धन खुकुलो पारेर मलाई छोडिन।मैले पनि धेरै पिर नगर भन्दै उनको लागि आफू भएको एहसास दिलाए।
तर भित्र भित्र चाहिँ “अब के गर्ने होला मैले म छु त” भने भन्ने पिर मलाई पनि पर्न थाल्यौ। उषा बिछ्छिप्त थिइन बेसरी आत्तिएर होला बेसरी गलिएकी देखिन्थिन। उषाको रुवाइ बन्द होला भनेको झन झन बढ्दै थियो। मैले अनितालाई फोन गरे र इमेरजेन्सी छ तुरुन्तै आउन भने। उ पनि एक घुण्टा जतिमा आर्को मेरो साथी बिबेक लाई लिएर आइपुगि र हतास हुँदै सोधी “के भो? किन रोएकी उषा? के गर्यौ तिमिले? मलाई किन बोलाएको? के इमेर्जेन्सी पर्यो?”
मैले उषाले झै तो कम्पुटरमा भएको इमिर्ग्रेसनको इमेल पढ सबै थाहा हुन्छ भन्दै इमेल पढ्न अनुरोध गरे। अनिताले के हो र भन्दै पढ्न थाली। बिबेक म भएको ठाउँमा आएर के हो यो सब? को हो यो केटि? अनि यहाँ के गर्दै छे? भन्दै फुस्फुसायो। म पछि भन्छु भन्दै उम्किए।
अनिताले इमेल पढेर भ्याए पछि उषालाइ सोधी ” तिम्रो अहिलेसम्म पिआर भएको थिएन र?”
उषाको रुवाइ अलिक रोकिएको थियो। भएको भए यो सबै किन हुन्थ्यो र! भन्दै अनिताको प्रश्नको जवाफ उषाले फर्काइन।
अब भने मलाई पनि उषाको बारेमा धेरै कुरा जान्न मन लाग्यो र सोधे “मैले नजानेको तिम्रो बारेमा अरु के के छ भन्न मिल्छ भने भन उषा। पढाई सके पछि कुन भिसामा थियौ र? अहिले कहाँ र के मा काम गर्छौ? अनि नवीन को हो र कहाँ बस्छ?”
नवीन! को नवीन? अनिताले अत्तालिदै सोधी ! कोहि पनि होइन किन चाहियो भन्दै पन्छिए।
के भै रा छ यहाँ मलाई कसैले बताउछ! भन्दै बिबेक कड्कियो। बिबेक कड्किए पछि उषाले मुख खोलिन र बिस्तारमा सबै कुरा यसरी बताइन “आशिष मलाई माफ गर। मैले यी कुराहरू तिमिलाइ पहिला नै बताउनु पर्ने थियो। मैले धेरै पटक तिमिलाइ भन्ने प्रयास पनि गरे तर भन्ने हिम्मत नै जुटाउन सकिन किन कि म मेरो सम्पुर्ण समस्याहरुको भारी तिमिलाई बोकाउन चाहदिनथे त्यसैले तिमिलाइ भनिन। तर अहिले समयले मलाइ यस्तरी पछ्यारो कि नभनी नहुने अवस्था आयो। मेरो पढाई सकिए पछि दिदी भिनाजुको कर ले म पर्थ झरे। पढाई सकिए पछि पिआर को लागि पोइन्ट नपुगेर मैले ग्रेजुएड भिसा एप्लाइ गरे जुन भिसा अब केही हप्ता भित्रै सकिदै छ। एक जना नेपाली व्यावसायिले पिआर स्पोन्सर गर्दिन्छु भनेर पैसा लिएर गत बर्ष स्पोन्सर भिसा एप्लाइ पनि गर्दिएको थियो तर तो आबेदन पनि रिजेक्ट भयो अनि मेरो पैसा पनि गयो। अहिले म एउटा कस्टुमर सर्भिसको काम गर्छु सिटीको एउटा जनरल स्टोरमा। त्यहा पनि मैले स्पोन्सर लिने खोसिस नगरेको होइन तर मिनिमम क्राइटेरिया नै पुग्दोरहेन्छ यो जनरल स्टोरको मलाई स्पोन्सर गर्न। त्यसैले केही सीप नलागे पछि आफै सानो आशा लिएर पिआर भिसा एप्लाइ गरेको थिए तो पनि अब रिजेक्ट भो” भन्दै रुन थालिन।
तिम्रो भिसा कहिलेसम्म छ? अनिताले सोधी हाली। ४ हप्ता जति बाकी छ उषा रुन्छे मुख बनाउदै अनिताको काखमा गोप्टो परिन।
नवीन लाई यो सबै कुरा थाहा छ त? मैले सोधे। अह थाहा छैन! उषाले भनिन।
यो नवीन भन्ने चाहिँ को हो नि फेरि? बिबेकले उत्सुकता दर्साउदै सोध्यो। “तेहि त यो नवीन भन्ने चाहिँ को हो मलाई पनि जान्नु छ” अनिता कड्की।
नवीन सबिन किन चाहियो तिमिहरुलाइ! म कड्किए। बरु यो समस्या बाट बाहिर निस्कने कुनै बाटो छ भने बताउ भन्दै समस्या समाधानको खोजी तिर कुरा मोडिदिए।
“एउटा सबैभन्दा सजिलो बाटो त छ तर तिमी दुबै जना राजी भए मात्र” भन्दै अनिताले आशाको किरण झल्काइ।
“के हो तो बाटो अनिता?” भन्दै उषा जुरुक्क उठिन। बाटो अलि सजिलो पनि छ र अलिकति कठिन पनि छ भन्दै अनिताले कुरा चपाइ।
के होला र तेस्तो सजिलो बाटो? अनिताले गफ हानी भन्दै म चाहिँ चुप लागेर बसेको थिए।
बिबेक ले कुरा धेरै नचपाइकन भनन अनिता भन्दै समाधानको बाटो पत्ता लगाउने प्रयास गर्यो।
केही पनि होइन। बिहे गर्ने के बिहे! भन्दै अनिताले अहिलेसम्म हामिले नसोचेको एउटा मिल्नसक्ने आइडिया निकाली। म केही पनि बोलिन। म बोल्ने बित्तिकै अर्थको अनर्थ लाग्न सक्थ्यो। “हुन्छ म बिहे गर्न तयार छु तर को सङ्ग गर्ने अनिता”भन्दै उषा अनुहार अलिक उज्यालो बनाउदै उत्सुकता दर्शाइन। अनिताले “म सङ्ग मिल्दैन, बिबेकको अलरेडि गर्लफ्रेण्ड छ को सङ्ग गर्छयौ तिमी?” भन्दै उषा लाई सोधी।
मैले अनिताको आसय बुझी हाले तर पनि केही बोलिन। मलाई हेर्नू थियो उषाले के भन्छिन भनेर। मलाइ देख्नु थियो यो जिन्दगीमा म तिम्रो श्रीमती हुन सक्दिन भनेर बारम्बार भन्ने उषा ले अब के गर्छिन भनेर! म चुपचाप लागेको देखेर, एक शब्द ननिकाली उषाले पुर्लुक्क मेरो अनुहारमा हेरिन। मैले अझै केही बोलिन। म चाहान्थे उषाले नै बिहेको प्रस्ताव राखुन। तर उषा ले केही पनि भनिन्न। अनिताले के छ बिचार आशिष? उषालाइ हेल्प गर्छौ आफ्नो श्रीमती बनाएर भन्दै मेरो आसय बुझ्ने प्रयत्न गरि। उषा टाउको निहुराएर मेरै छेउमा उभिएकि थिइन। अहिले डिसिजन दिन सक्दिन,पछि कुरा गरौंला तिमिहरु जाउ अब भनेर आफ्नो कुरा राखे। उषा रुदै भित्र आफ्नो कोठामा पसिन। अनिता उषाको पछि पछि कोठामा गइ।
के हो यार यो सब? भन्दै बिबेक बोल्यो। मैले छोटकरीमा धेरै कुरा भने। अनि के खोजेर बसेको छस त? मन पराएको मान्छे लाई बिहे गर्न पाउँदा पनि भन्दै आफ्नो असन्तुष्टि जाहेर गर्यो। मैले केहो पनि बोलिन। एकछिन पछि अनिता लौन्ज मा आएर बिबेक लाई तिमी जाउ म आज यतै बस्छु भनी। बिबेकले “गूड् नाइट गाइज” भन्दै निस्कियो।
म आफ्नो कोठा जाँदै थिए। उषा बाहिर निस्किएर मेरो हात समातिन तर केही बोलिन्न। सायद हिनताबोध थियो होला वा पक्षतापको रागले केही बोल्ने बाटै दिएको थिएन होला तेहि भएर केही नबोली मेरो हात समातेर ठिङ्ग मेरो डोकाको छेउमा म सङ्गै उभिएर बसिन। मैले के भो उषा? भने।
टाउको हल्लाउँदै केही पनि भएको छैन झै गरिन।
एकछिन पछि अनिता पनि हामी भएकै ठाउँमा आइपुगी। एकपटक नविनलाइ सबै कुरा बताउने हो कि? मैले भने!
को हो तो नवीन भनेको? जतिखेर पनि नवीन नविम भन्छौ र मैले सोध्ने बित्तिकै कुरा अन्त मोड्छौ भन्दै अनिताले यसपटक चाहिँ जानकारी दिनु नै पर्ने गरि कड्की।
“मलाई तड्पाएर सताउने मेरो प्रेमी हो नवीन” भन्दै उषाले आफै कुरा खोलिन। कहाँ बस्छ तो? अनिताले अलि उत्सुकता दर्शाइ।
“साउथ पर्थमा” भन्दै उषा बोलिन।
“कहिँ मलाई धोका दिने नवीन त होइन नि?” अनिताले अँखा ठुलो पारेर भनी।
तिमिलाइ धोका दिनेको नाम पनि नवीन नै रहेछ त? म हास्दिन भन्दा भन्दै पनि बेस्सरी हास्न पुगे।
अनिता र उषा दुबैले मलाई हेर्दै भने”यस्तो सिरिएस कुरा भइराखेको बेलामा मजाक नगरन आशिष!”
दुबै जनालाइ सरि है भन्दै माफी मागे र सोधे साच्चै अनिता लाई चाहिँ किन छोड्या रे तिम्रो बोइफ्रेन्ड ले ? अनिता रातो र पिरो भइ र भनी” जिन छोडे पनि किन चाहियो अब?” बरु आशिष तिमी भन ” तिमी उषा सङ्ग बिहे गर्ने कि नगर्ने?” भन्दै घुमाइफिराइ कुरा मै माथी ल्याएर थोपरी।
उषाको अनुहार हेरे मलिनो थियो। सधैं चिट्टिक्क परेर बस्ने केटि आज पिर र मर्काले भिजेर निथ्रुक्क देखिन्थि। मलाई फेरि भित्रै देखि सार्है माया लागेर आयो। मैले उषा गर्लम्मै अङ्गलो हाले केही नसोचि।
“अहिल्यै यो सब गर्न पाहिदैन है”भन्दै अनिता कड्की।
यो सब गर्न लाई त बिहे गर्नुपर्छ पहिला बुझ्यौ भन्दै मलाई बिहे गर्न जोड गरि।
उषालाई हेरेको यसपटक लाजले टाउको निहुराएर केही नबोलि बसेकी थिइन।
“बिहे त गर्छु तर ढाटेपाटेको होइन साच्चिकै यदि उषा राजी छिन भने” भनेर मैले भने।
“तर तिमिलाइ थाहा छ नि कि उषा नवीन लाई दिलोज्यान देखि प्रेम गर्छि।
यो सब थाहा पाउँदा पाउदै पनि तिमी उषालाई अपनाउन तयार छौ त?” अनिताले
मलाइ प्रश्न गरि।
मौका यहि हो भनेर मैले भने “बिवाह जस्तो कुरामा हेलचक्राइ गर्नुहुदैन। हो म उषालाइ माया गर्छु। उसका सबै बिगत भुलेर म सम्बन्ध जोड्न चाहान्छु। यो मैले उषाको कुनै एउटा समस्यामा दिने साथ होइन र मैले उषाको भिसा बिगृएर मैले उनलाइ सहयोग गर्न खोजेको पनि होइन। तर म सङ्ग जीवन बिताउन चाहान्छिन र सक्छिन भने उषाले आफै निणय लिनुपर्यो।
किन कि मैले उषा र मेरो दिगो सम्बन्ध चाहेर यो निणय लिदैछु। हेर उषा हाम्रो चिनजान भएको पनि लामै समय भयो र एकार्को लाई राम्रै सङ्ग सङ्गै बसेर बुझेका पनि छौ। के तिमी राजी छौ बिहे गर्न? छौ भने अब हुने सम्बन्ध नयाँ र प्रेमपुर्ण हुनुपर्छ। हाम्रो सानो संसारमा कसैको पनि बिगतले बिथोल्नु हुदैन। यदि तिमी ओपन माइण्डेड छौ भने यो बोल्ड डिसिजन लिने बेला हो तिमिले। यदि तिमी निणय लिन्छयौ भने म तिमी सङ्ग बिहे गर्न सक्छु किन कि म हाम्रो सम्बन्ध लाई सजिब बनाउन चाहान्छु”।
अनिताले दङ्ग पर्दै भनी” बरु मलाई प्रेम गरे भा हुन्थ्यो नि! अहिलेसम्म त हाम्रो दुइटा बच्चा भइसक्थे”। उषा तिमी त कति अभागी यहाँ यत्रो मायाको महासागर छ तिमी चाहिँ तेहि पोखरिको जमेको पानी कुर्दै बसिछेउ भन्दै अनिताले उषालाइ मेरो महत्त्व दर्शाउने प्रयत्न गरि।
यसपटक चाहिँ अचम्म भो! सधैं जवाफ फर्काउने उषाले जवाफ फर्काइन्न अनितालाई। केही पनि जवाफ नफर्किए पछि अनिता हौसिदै कुरा थपी “तिमिहरुलाइ थाहा छ नविनले मलाइ किन छोड्या? अनि वाइ द वे यो नवीन पनि साउथ पर्थमा नै बस्ने गर्छ”
” के गरेर थाहा हुनुनी कहिल्यै बताए भा पो” मैले भने।
“नवीनले छोड्या काहा हुनुनी मैले नवीन लाई छोड्या हो नि” एकै सासमा अनिताले आफ्नो कुरा राखी।
“तिमिले नवीन लाई किन छोड्यानी?”उषाले अलि चनाखो हुँदै सोधिन।
“मोरो त गे रहेछ नि गे!! आफ्नो आमा बाबुले शंका गरेका रहेछ्न तेहि भएर म सङ्ग प्रेमको नाटक गरेर आमा बाबूलाई भेटाएको रहेछ” भन्दै अनिताले हामी सबै लाई निशब्द बनाइ!!!!