नमस्ते नेपाल- पर्थ, २७ अक्टोवर २०१६
नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु.ए. ले फुटबल खेल र खेलाडीहरुको स्तर उन्नतिको लागी एनुअल बल गाला डिनर २०१६ को आयोजना गर्ने भएको छ ।
नोभेम्वर १९ तारिख शनिवारको दिन प्लाटिनम रेस्टुरेन्ट एण्ड फंग्शन सेन्टर वेस्ट मिनिस्टर पर्थमा हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली फुटबल र खेलाडीहरुको स्तर उन्नति गर्दै आगामी बर्ष हुने फुटबल वेस्ट लिगमा नेप्लिज युनाइटेड फुटबल क्लब नेपालको प्रतिनिधित्य गर्दै सहभागी भएर उत्कृस्ट खेल प्रदर्शन गर्नु हो।
पछिल्लो समय नेपाली फुटबल निकै खस्कदो अबस्थामा छ। कुनै बेला दक्षिण एसियाको पहिलो स्थानमा रहेको नेपाल अहिले अन्तिमतिर विश्व बरियतामा १८४ औं स्थानमा रहनु आफैमा दु:खदायी पक्ष हो। तर यता पचिम अस्ट्रेलियाको नेप्लिज युनाइटेड फुटबल क्लबका खेलाडीहरुले भने नेपाली फुटबलको साख जोगाएका छन्। वेस्टर्न अस्ट्रेलियाका विभिन्न क्लबहरुसंग खेलेका खेलहरुमा नेप्लिज युनाइटेड फुटबल क्लबले उत्कृस्ट प्रदर्शन गर्दै आइरहेको छ।
नेपाली फुटबललाई अझ माथि लानाको निमित्त यस बर्षबाट हरेको बर्ष एनुअल बल गाला डिनरको आयोजना गर्ने भएको छ। खेलाडीहरुको मेहनतको कदर गर्दै यसै बर्षदेखि खेलाडीहरुलाई ट्रफी प्रदान समेत गर्ने भएको छ। जसमा मोस्ट कमिटेड प्लेयर, कोच फेवरेट प्लेयर, मोस्ट भ्यालुयबल प्लेयर र बर्षको सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन साथै सम्पुर्ण स्पोंसोर, भोलेन्टियर, डान्सर लगायत सहयोगीहरुलाई मायाको चिनोले सम्मान समेत गर्ने कार्यक्रम रहेको जानकारी नेप्लिज युनाइटेड फुटबल क्लबका क्याप्टेन दिपेन्द्र परियारले दिनु भयो।
साथै पर्थमा बस्नुहुने र खेललाई माया गर्नुहुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु उक्त नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु ए एनुअल बल गाला डिनर २०१६ मा उपस्थित भएर थप उर्जा प्रदान गर्न समेत नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु ए अनुरोध गरेको छ।