नमस्ते नेपाल/पर्थ,जनवरी १२, आगामी जनवरी २२ आइतवारको दिन एकल रचना बाचन कार्यक्रम हुने भएको छ।
भनिन्छ “साहित्य हृदयको कलात्मक अभिब्यक्ति हो”।जीवन जगतका बारेमा कल्पनाशील हृदयले गरेको प्रतिक्रिया साहित्य हो, साहित्यमा शब्द र अर्थको सहभाव रहेको हुन्छ ।
लामो समय देखि सृजनात्मक साहित्य शिक्षण र लेखनमा सक्रिय रहनु भएका श्री काशीराज पाण्डेले सम सामयिक कथा- कविताहरु वाचन गर्नुहेने भएको छ। प्रवासका बसेर पनि साहित्यमा राम्रो दक्खल राख्ने पाण्डे अस्ट्रेलियामा आफ्नो पी एच डी अनुसन्धानको अन्तिम चरणमा हुनुहुन्छ । अंग्रेजी र नेपाली दुवै साहित्यमा कलम दौडाउन रुचाउने काशीराज पाण्डे काठमाडौँ यूनिवर्सिटीका सहायक प्राध्यापक समेत हुनुहुन्छ।
अनेसास पश्चिम अस्ट्रेलियाले आयोजना गर्ने सो साहित्यिक कार्यक्रम रिभरभेल कम्युनिटी हल रिभरभेलमा हुँदैछ साथै सोहि अबसरमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज पर्थ , पश्चिम अस्ट्रेलियाको पहिलो साहित्यिक स्मारिका “दिव्यदृष्टि” को बिमोचन पनि हुने भएको जानकारी अनेसास पश्चिम अस्ट्रेलियाका अध्यक्ष गणेश घिमिरेले दिनुभयो।