पर्थ -२७ जनवरी, २०१७ /
State Election 2017 को लागि अस्ट्रेलियाको ग्रीन पार्टीले पर्थको बेल्मोण्टबाट आफ्ना उम्मेद्वारको रुपमा भुवन खड्कालाई मनोनयन गरेको छ । अस्ट्रेलियाको इतिहासमा ग्रीनले कुनै पनि नेपाली मुलका व्यक्तिलाई नोमिनेट गरेको सम्भवत यो नै पहिलो पटक हो । निकै सरल र सहयोगी भावना बोकेका खड्का सन् २०१३ देखि ग्रीनमा आवद्ध हुनुहुन्छ । नमस्ते नेपाल अस्ट्रेलियासंग कुरा गर्दै खड्काले भन्नु भयो, सामाजिक न्यायको लागि लडाई लड्नुका साथै महिला तथा बाल बालिकाहरुको हितमा आवाज उठाउने भएका कारण पनि मेरो रोजाइ ग्रीन बनेको हो।
भुवन खड्का -ग्रीन उम्मेद्वार, बेल्मोण्ट
पश्चिम अस्ट्रेलियाको इतिहासमै नेपाली मुलका व्यक्तिले अस्ट्रेलियाको निर्वाचनमा उम्मेद्द्वारी दिने भुवन खड्का पहिलो नेपाली मुलका उम्मेद्वार हुन । यदि आफुले जितेर एम. पी. भएको खण्डमा हरेक बर्ष आफ्नो तलबबाट २० हजार डलर नेपाली समुदायको लागि सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ जुन रकमले नेपालीबिधार्थीहरु, खेलकुद क्लब र अन्य नेपाली सांस्कितिक कार्यक्रममा सहयोग पुग्ने समेत जानकारी दिनु भयो ।
नेपालको भक्तपुर जिल्ला ठिमीको एक सामान्य परिवारमा जन्मिनु भएका खड्का २००८ मा डिप्लोमा अफ कम्युनिटी सर्विस अध्यान गर्न अस्ट्रेलियाको क्विन्सल्याण्ड आउनु भयो । २०१० मा आफ्नो अध्यन सकेपछि Bachelor of Social Services अध्यानको लागि २०१२ मा पश्चिम अस्ट्रेलिया अर्थात् पर्थ आउनु भयो र हाल उहाँ सोहि क्षेत्रमा काम गर्दै Edith Cowan University मा पार्ट टायम अध्यान समेत गरि रहनु भएको छ।
बाल्यकाल देखि नै सामाजिक कार्य गर्न रुचाउने खड्का पर्थको नेपाली फुटबल क्लब नेप्लिज युनाइटेड फूटबल क्लब डब्लु. ए. मा समेत आवद्ध हुनुहुन्छ ।
भुवन खड्का आफ्ना सहकर्मीहरुको साथमा