तिमी !
-निरज क्षेत्री (अनेसास पर्थ च्याप्टर, उपाध्यक्ष)
तिमी,
आकाश !
मेराे अनन्त जीवन
प्रत्येक पलहरु बसन्त
आँखाभरि नीलाे संसार ।
तिमी
पूजा !
मेराे विश्वास अनि प्रेम
संसार रुपी आत्मबल ।
तिमी
सत्य !
मेराे सार्थक जीवन
दिनहरु- सुभाष जस्तै
रातहरु- पूर्णिमा
जीन्दगी चलिरहनु ।
तिमी
यात्रा !
अविरल समुन्द्र
एक देखि सय
जीवन अनि मृत्यु ।
तिमी,
तिमी… तिमी… तिमी… !
मेराे मनकाे तृष्णा
एक पुर्ण शब्द
जीन्दगीकाे अस्तित्व
प्रेमकाे गहिराई
दु:खकाे हाँसाे
आत्माकाे मिलन
तिमी.., आँखा भित्रकाे एक तस्वीर
श्वाँस… श्वाँ.. श्वाँकाे तरंग
तिमी…आत्मा, तिमी… प्रेम, तिमी… जीन्दगी ।
उफ् ! तिमी ।।