पर्थ — के बि ए ग्लोबलको मुख्य प्रयोजनमा पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सवमा नेपाली परम्परागत पोसाक लगाएका सयौं नेपालीहरुले बिहानै पर्थको मुख्य सहरमा नेपाल परेडको आयोजना गरेका थिए । बिहान ९ बजे नेपाली बाजागाजा, कलशसहितका पञ्चकन्या, भन्जन मण्डली र बिभिन्न झाँकीसहित सहभागिता जनाइएको परेडलाई पर्थमा विदेशीहरुले समेत ताली बजाएर स्वागत गरेका थिए भने उत्सुकता र चासोका साथ कार्यक्रमहरुबारे जानकारी लिएका थिए । एनआरएन पश्चिम अस्ट्रेलियाले पर्यटकीय स्टल एलिजाबेथ क्वेमा आयोजना गरेको महोत्सवमा १० हजार भन्दा बढी स्वदेशी तथा विदेशीहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवलाइ बिशेष बनाउन बिभिन्न संस्कृतिक प्रस्तुतिको साथ् साथै लाखे र कुमारीलाइ समेत कार्यक्रम परिसरमा परिक्रमा गराई रहदा दर्शकहरु निक्कै उत्साही देखिन्थे भने बाल बालिकाहरुका लागि फेश पेंटिंग लगाएतक कार्यक्रम राखिएको थियो । पहिलो पटक कुनै पनि नेपाली कार्यक्रम र नेपाल फेस्टिवलमा वेलकम सेरोमोनी वेल कम टु डी कन्ट्री बजाइएको थियो ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिवल पर्थका संयोजक दीपक शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले पानासमा दिप प्रज्वल्न गरेर उद्धाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा,बिशेष अतिथी एनआरएनएका अध्यक्ष भवन भट्ट, पश्चिम अष्ट्रेलियाका प्रिमिएर म्याक म्यागाउनका प्रतिनिधि तथा सांसद लिसा बेकर, असियाना रिजन संयोजक धर्म अधिकारी,एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, महासचिव नारायण कोइराला लगायतले महोत्सबलाई सम्बोधन गरेका थिए ।
नेपाल महोत्सवमा पश्चिम अष्ट्रेलियाका लागि नेपालका अबैतानिक राजदूत फ्रेड ब्राउन, नावाका अध्यक्ष मणि पनेरु, पी बि डब्लु ए का अध्यक्ष यादव शर्मा, मुख्य प्रायोजक के बि ए ग्लोबलका शम्भु कंडेल ,एनआरएनए अोसियाना युवा संयोजक ॠषि आचार्य, आइ.सी.सी सदस्यहरु दीपक भट्टराई, होम पाण्डे, केदार रिजाल, राज थपालिया, एनआरएन आइसीसी संचार संयोजक हेमन्त काफ्ले, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, नन्द गुरुङ,प्रबक्ता दिला खरेल,डा. जगदीश तिमिल्सिना, एनआरएनए आइसीसी पूर्व युवा संयोजक बिजय पोख्रेल, पूर्व एनआरएनए उपाध्यक्ष दिनेश पोख्रेल लगायत अन्य बिभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, र आधा दर्जन भन्दा बढी सन्चारकर्मीहरुको समेत सहभागिता रहेको थियो।
राजदुत शेर्पाले नेपालको संसदमा नारीहरुको उल्लेखिनिय सहभागी भएको र नेपाल शान्ती प्रकृया मार्फत नेपाल समृधिको बाटोमा अग्रसर रहेको र स्थाई सरकार मार्फत दिगो बिकासमा लम्केकोले शान्तीपूर्ण बातावरणको प्रत्त्याभुती भएकोले नेपालमा लगानी दुक्क भएर गर्न सुझाइन । नेपाल प्राकृतिक अनुपम नमुना सास्कृतिक र जैबिक बिबिधताले भरिपूर्ण रहेकाले नेपाल भ्रमणको निम्तो पनि राजदुत शेर्पाले दिइन । पश्चिम अष्ट्रेलियाका प्रिमिएर म्याक म्यागाउनका प्रतिनिधि तथा सांसद लिसा बेकरले नेपाली मिलनसार र परिश्रमी भएको भन्दै सह्राना गरेकि थिइन । ‘म तीन वर्ष नेपालमा गएर काम गर्दा नै नेपाल कति रमाइलो र प्यारो छ भन्ने जानिसकेकी छु’ नेपालीहरु मेहनती छन् साथै नेपाली व्यवसायीहरुले अस्ट्रेलियामा रोजगारी समेत सिर्जना गरकोमा प्रसंशा समेत गरिन, बिशेष अतिथी एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाल अस्ट्रेलियामा बिधार्थी पठाउने तेस्रो ठुलो रास्ट्र हो र नेपाली विविधतामा एकता नै नेपालको पहिचान भएकोले नेपाल नै नदेखेका र नसुनेका अष्ट्रेलियनहरुलाई नेपालका बारेमा जानकारी दिन नेपाल महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । मुख्य प्रयोजक के बि ए ग्लोबलका शम्भु कंडेलले भन्नु भयो के बि ए ग्लोबलले नेपाल फेस्टिवलमा मुख्य प्रयोजक भएर नेपाल र नेपाली समुदायलाई सहयोग गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो र यस किसिमक हरेक कार्यक्रमलाइ आफुले निरन्तर सहयोग गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
महोत्सवमा नेपालको मौलिक तथा प्रख्यात कुटुम्ब ब्याण्ड्ले निकै रौनकता थप्नुको साथै नेपाली र बिदेशी दर्सकलाइ मज्जाले नचाएको थियो स्थानीय ब्यान्ड जङीनिसानी र सेन्सीमेलियाले समेत आफ्नो प्रस्तुति दिएका थिए। महोत्सवमा नेपाली खानाका स्टलको साथै नेपाली कला संस्कृति झल्काउने नेपाल हाउस र अन्य ब्यापारिक स्टलहरु पनि राखियको थियो नेपाल महोत्सवमा नेपाल बाहेक रसिया, थाईल्याण्ड र इन्डोनेसियाका कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।
Photo Credit: Beam Creation & Shree Photography