पर्थ, १३ जनवरी २०१९
पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब र खेलाडीहरुको खेलप्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै सामाजीक सद्भाव र सम्बन्ध बिस्तारको लागि गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले पहिलो पटक पर्थमा “हार्मोनी कप”को आयोजना गर्दैछ, आगामी फेब्रुवरी ३ तारिक आइतवारका दिन सम्पन हुने प्रतियोगितामा ५ वटा खेल समासेश गरिएको आयोजकले जनाएको छ । जसमा क्रिकेट, फुटवल, भलिवल, म्युजिकल चियर र ब्लाइण्डफोल्ड खेल रहेका छन् । स्थानिय रेड्क्लिफ़ पार्कमा खेलाइने उक्त प्रतियोगिता पर्थको समय अनुसार बिहान ठिक सात बजे खेल शुरु भई साँझ ५ बजे समापन हुनेछ ।
पर्थमा निकै प्रतिवाशाली खेलाडीहरु छन् तर यस किसिमका प्रतियोगिता निकै कम मात्रमा हुने गरेका कारण खेलाडीहरुको स्तरउन्नतिमा प्रभाव पार्ने हुनाले र स्थानिय खेलाडीहरुले पनि गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाबाट यस किसिमका प्रतियोगिता आयोजना गरिदिन आग्रह गरेकाले एन आर एन पश्चिम अस्ट्रेलियाले यसै बर्षबाट हार्मोनी कपको शुरुवात गरि यसलाई हरेक बर्ष निरन्तर दिने प्रतिबद्दता व्यक्त गर्दै आगामी बर्षमा अन्य स्टेटका खेलाडीहरुलाई समेत सहभागी गराएर इन्टरस्टेट हार्मोनी कपको रुपमा लैजाने गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) अस्ट्रेलियाका उपाध्यक्ष्य एवं पश्चिम अस्ट्रेलियाका संयोजक दिपक शर्माले बताएका छन् ।
प्रतियोगितालाइ अझ प्रभावकारी बनाउनको लागि क्रिकेट, फुटबल, र भलिवलको लागि अस्ट्रेलियाका प्रोफेशनल रेफ्रीहरुको व्यवस्था गरिनुको साथै सबै खेलाडी र स्वयंसेवकहरुको लागि बिमाको समेत व्यबस्था गरिएको छ ।
बिजेता तथा सहभागी खेलाडीहरुको लागि शिल्ड, पदक तथा प्रमाण पत्र प्रदान गर्नुको साथै अन्य विधा जस्तै सर्वाधिक गोलकर्ता, बेस्ट गोलकिपर, प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्स्मेन लगाएतका विधा समावेश गर्नुको साथै दर्शक तथा सहभागीहरुका लागि बार्वी क्युको समेत व्यवस्था रहेको जानकारी दिदै गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले सम्पुर्ण पर्थवासी नेपाली दाजु भाइ तथा दिदि बहिनि र सबै खेलप्रेमीहरु उक्त प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिनुहुन् बिनम्र अनुरोध गरेको छ ।यो प्रतियोगिता सकिए लगतै एन आर एन ए पश्चिम अस्ट्रेलियाले नेपाली अभिभावकहरुका लागि अबलोकन तथा नया बिधार्थिहरुलाई स्वागत गर्नुको साथै सम्पुर्ण बिधार्थिहरुको लागि महत्वपुर्ण जानकारी मुलक कार्यक्रम समेत गर्ने भएको छ ।
खेलाडीहरुले आफ्नो वा टिमको नाम निम्न लिंकमा गयर दर्ता गर्न सक्नुहुने छ ।