पर्थ, ५ फेब्रुवरी, २०१९
गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले पहिलो पटक गत फेब्रुवरी ३ तारिक आइतवारका दिन भव्यताका साथ् “हार्मोनी कप” , सम्पन गर्यो । पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब र खेलाडीहरुको खेलप्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै सामाजीक सद्भाव र सम्बन्ध बिस्तारको लागि आयोजना गरिएको सो प्रतियोगिता पर्थको स्थानीय बेल्मोण्टको २ वटा छुट्टा छुट्टै खेल मैदानमा क्रिकेट, फुटवल र भलिवलका साथ् साथै बालबालिका र दर्शकहरुका लागि मुजिकल चियर खेलको आयोजना गरियोको थियो ।
प्रतियोगितालाइ अझ प्रभावकारी बनाउन क्रिकेट र फुटबल खेलका लागि अस्ट्रेलियाका अफिसियल रेफ्रीहरुको व्यवस्था गरेको थियो भने भलिवलको लागि अनुभवी नेपाली रेफ्रीद्वय हेम पुन र छबि चौलागाइले गर्नु भएको थियो ।
बिहान ७ बजेबाट सुरु भएको पहिलो क्रिकेट खेल पर्थ नेपाल क्रिकेट क्लब र नेपाली वारियार्स क्रिकेट क्लब बीच सम्पन भएको खेलमा पर्थ नेपाल ले विजय हात पर्यो भने नेपाली वारियार्स क्रिकेट क्लब र बेल्मोण्ट क्रिकेट कल्ब बीच भएको दोस्रो खेलमा भने नेपाली वारियार्स क्रिकेट क्लब विजय भै फाइनलमा पुगेको थियो फाइनल खेलमा पर्थ नेपालले टस जितेर फ़िल्डिङ्ग रोजेको थियो ।
ब्याटिंगमा उत्रेको वारियार्सले २० ओभर खेल्दा ८ विकेट गुमाउदै ९१ रन जोड्न सफल भयो जवाफी ब्याटिंग गर्न मैदानमा आएको पर्थ नेपालले ८ ओभर मै बिना कुनै विकेटको नोक्सानीमा आफ्नो लक्ष्य पुरा गरेको थियो जसका लागि ८ ओभरको अन्तिम बलमा स्वरुप पियाले छक्का प्रहार गर्दै नट आउट ५९ रन जोड्न सफल भए र पर्थ नेपाल च्याम्पियनशिप कपको उपाधि आफ्नो कब्जामा पर्न सफल भयो ।
प्रतियोगितामा सर्वाधिक ६ विकेट लियर राज शर्मा बेस्ट बलर बन्न सफल भए भने १०९ रन, ५ विकेट र २ क्याच गरेर बेस्ट ब्याट्सम्यान र म्यान अफ दि टुर्नामेन्टको उपाधि सुप्रित प्रधानले आफ्नो पोल्टामा पारे
यस्तै भलिवल तर्फ़ पनि कडा प्रतिस्पर्धा भएको थियो टिम सगरमाथा टिम धौलागिरि, टिम अन्नपुर्ण र अलुम्नी रामपुर एग्रिकल्चर क्याम्पस टिमले भाग लिएको भलिवलतर्फ़ फाइनलमा टिम सगरमाथा र टिम धौलागिरि भिडेका थिए बेस्ट ३ मा खेलिएको भलिवल च्याम्पियनशिप कपको उपाधि धौलागिरिलाई २- १ ले पछि पार्दै टिम सगरमाथाले उचाल्न सफल भयो भने म्यान अफ दि टुर्नामेन्ट टिम धौलागिरीका राज गुरुङले पाउनु भएको थियो ।
बेल्मोण्टको अर्को मैदानमा भएको फुटवल खेलमा पर्थमा ४ वटा फुटवल क्लबले भाग लिएका थिए जसमा हिमालयन टाइगर्स, पर्थ हरिकेंस , युनाइटेड ब्रोदर्स र ग्लोरी हनटर्स थिए ।
हिमालयन टाइगर्स फुटवल क्लब र ग्लोरी हनटर्स बीच भएको प्रतियोगिताको पहिलो खेलमा हिमालयन टाइगर्स ४ एक १ ले विजय भएको थियो । प्रतियोगिताको दोस्रो खेलमा युनाइटेड ब्रोदर्सलाइ ८ – ० को फराकिलो अन्तरले हराउदै पर्थ हरिकेंस फाइनलमा पुगेको थियो ।
फाइनल खेल निकै प्रतिश्प्रधात्मक बनेको थियो फाइनल खेलमा २ – ० ले पर्थ हरिकेंसलाइ पछि पार्दै हिमालयन टाइगर्सले उपाधि जित्न सफल भयो
प्रतियोगितामा ४ गोल हान सफल पर्थ हरिकेंसका नवाङ्ग तासीले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएका थिए भने सोहि क्लबका गोलकिपर समालोचन धितालले उत्क्रिस्ट खेल प्रदर्शन गर्दै बेस्ट गोलकिपरको उपाधि पाएका थिए।फुटवल प्रतियोगिताका प्ल्येर अफ दि टुर्नामेन्ट भने बिजयी टिम हिमालयन टाइगर्सका दिलिप थापा चुनिएका थिए ।
प्रतियोगिताको अन्तमा बिजेता तथा सहभागी खेलाडीहरुको लागि शिल्ड, पदक तथा प्रमाण=पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि पश्चिम अस्ट्रेलियाका लागि महाबाणिज्यदुत फ्रेड ब्राउनले कार्यक्रमलाई सम्वोधन गर्दै , यति ठुलो खेलकुद प्रतियोगिता भब्यताको साथ् सफल भएकोमा गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियालाइ बधाई दिदै अगाडी भन्नु भयो, नेपाली समुदायको यो हार्मोनी देखेर आफु निकै गर्वान्वित भएको र आफ्नो तर्फबाट सधै यस किसिमका कार्यक्रमलाई सहयोग र साथ् रहने भनि प्रतिबद्धता व्यक्त समेत गर्नु भयो ।
आयोजक संस्था गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले सम्पुर्ण पर्थवासी नेपाली दाजु भाइ तथा दिदि बहिनि,सम्पुर्ण खेलाडीहरु, स्पोंसर्स भोलुण्टियर, सहयोगी हातहरु एन. आर. एन. ए. ओसियाना खेलकुद कमिटी संयोजक भुपाल सिटौला लगाएत सम्पुर्ण ओसियाना खेलकुद कमिटि ,एन. आर. एन. आइ. सी. सी. खेलकुद कमिटी संयोजक राजु मानन्धर, खेलकुद अफिसियल साथै सम्पुर्ण दर्शकलाइ धन्यवाद व्यक्त गरेको छ ।
गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले यसै बर्षबाट हार्मोनी कपको शुरुवात गरि यसलाई हरेक बर्ष निरन्तर दिने प्रतिबद्दतागरेको छ ।