द एज ब्याण्ड र यामा बुद्ध को लाईभ कन्सर्ट
पर्थ २१, फेब्रुअरी
नमस्ते नेपाल र हावा हावा इन्टरटेनमेंट्सको आयोजनामा द जर्नल नेपाल र हिमाल नेपालको प्रस्तुति “बजाउछ अस्ट्रेलिया टुर २०१६ ” साँगीतिक कार्यक्रम हुने भएको छ l साँगीतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त चर्चित साँगीतिक समुह द एज ब्याण्ड र नेपालि पप संगीत क्षेत्रका जल्दा बल्दा गायक तथा चर्चित य्यापर यामा बुद्धले पर्थमा आफ्नो प्रस्तुति गर्ने भएका छन् l
प्राय चर्चामा आउँन खासै नरुचाउने द एज ब्यान्डका फ्यानहरु देश बिदेशमा पनि उत्तिकै छन् l “नचाहेको होइन तिमीलाई”, “पागल नभन मलाई” लगायतका गीतहरुबाट चर्चा बटुलेको एज ब्याण्ड सन् १९९८ मा पोखरामा स्थापना भएको हो l द एज ब्यान्डको फेशबुकमा मात्रै एक लाख ६५ हजार भन्दा बढी फ्यानहरु छन् भने सामाजिक संजालमा समेत सर्वाधिक रुचाइएका गायक तथा युवा य्यापर यामा बुद्धको फेशबुक पेज लाईक गर्नेको संख्या १० लाख ३७ हजार पुगेको छ l
बहुप्रतिक्षित यस साँगीतिक कार्यक्रममा स्थानीय ब्याण्ड जंगी निशान, सेंसिमिला साथै कलाकारहरु उज्जल के सी, बिभूषित घिमिरे र अभिशेख सुब्बाको समेत प्रस्तुति रहने छ l
कार्यक्रम ६ मार्च २०१६ आइतवारको दिन साँझ ७ बजेबाट सिविक होटेल एङ्गल्वुडमा हुने भएको छ l नेप्ले इभेन्टको “बजाउछ अस्ट्रेलिया टुर २०१६” अस्ट्रेलियाका अन्य शहरहरु सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड लगाएतक शहरमा हुने यो कार्यक्रमको पहिलो साँगीतिक सुरुवात पर्थबाट हुदैछ l २५ डलर टिकेट मूल्य रखिएको कार्यक्रमको टिकेट आधा भन्दा बढी बिक्रि भैसकेको छ l