नाचौ, गाऔ, रमाइलो साझको पहिलो शो डार्विनमा भब्य सफल।
डार्विनमा हिजो भएको नयाँ बर्ष बिशेष सास्कृतिक साझ भब्य सफल भएकोछ। नेपाली एसोसियसन अफ नर्दन टेरिटोरी र गैर आवासिय नेपाली सँघ – नर्दन टेरिटोरिले आयोजना गरेको सो कार्यक्रममा हिजो मध्यरात सम्म दर्शकहरु नाच्दै थिए। हाम्रो इभेन्टस ले अस्ट्रेलिया ब्यापी गरेको ” नाचौ, गाऔ, रमाइलो साझ” को पहिलो शो मा डार्विनका झन्डै ४०० दर्शकहरु मिलन लामा, ज्योति मगर र नेपाली तारा सन्तोष लामाको गीतमा खुब नाचे।
ज्योति मगर को “ढाडे बिरालो होस्” वा “त्यै मुलाको चाना” होस् । मिलन लामा को “माझी दाई पोखरा फेवाताल” को होस् कि ” घरमा पराल बारीमा बन्सो” होस् हरेक गीतमा दर्शक हरु हुटिङ गर्दै नाचिरहेका थिए। स्थानिय कलाकार हरुको उत्कृष्ट प्रस्तुती संगै सुरुभएको कार्यक्रम, मिलन लामा र ज्योति मगरको दोहोरी सम्म पुग्दा रातको झन्डै साडे एघार बजिसकेको थियो तै पनि दर्शकमा जोश कत्ती घटेको थिएन।
नेपाली तारा सन्तोष लामाका अधिकाङ्स गितहरु संगै झुम्न सुरु गरेका दर्शक हरुलाई, अहिले का चर्चित युबा कलाकार राजा राजेन्द्रले खुब हसाए, उनको प्रहसन तारिफ योग्य थियो र माहोल लाइ झनै गरम बनाए ज्योति मगर ले र कार्यक्रम को अन्य तिर आएका मिलन लामा ले के केटा केटी, के युवा युवती र बुढा बुढी सबै लाई नचाए। “यो डार्विन कै एउटा अबिश्मरणिय साझ हो”, कार्यक्रममा सहभागि एक ब्यक्ती भन्दै थिए। सो कार्यक्रम मा नर्दन टेरिटोरिका बहुसास्कृतिक मामिला मन्त्री पिटर स्टायल्स प्रमुख अतिथी हुनुहुन्थ्यो भने एनएएनटी का अध्यक्ष्य गणेश अधिकारी ले स्वागत मन्तब्य र गैर आवासिय नेपाली संघ – एनटी सङ्योजक निरज गुरुङ ले धन्यवाद मन्तब्य राख्नु भएको थियो। नाचौ, गाऔ, रमाइलो साझ् को अर्को शो यही मे ८ तारिक पर्थमा हुँदैछ।