पर्थ , १८ डिसेम्बर
सार्बजनिक बिदाको सदुपयोग गर्दै आगामी डिसेम्बर २५ गते आईतवारको दिन नावाद्वारा क्रिसमस तथा नयाँ वर्ष इस्वी संवत २०१७ को उपलक्ष्यमा BBQ कार्यक्रमको आयोजना गर्न लागेको छ। साथै सोही अवसरमा नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाले नावा कप भलिबल प्रतियोगिता २०१६ समेत आयोजना गर्दैछ । भलिबल प्रतियोगितामा प्रथम हुने टीमलाई ३ सय डलर बराबरको रेस्टुराँ भौचरका साथै , मेडल तथा प्रमाण-प्रत्र प्रदान गरिने र दोश्रो हुने टीमलाई २ सय डलरको गिफ्ट भौचर साथै प्रमाण-पत्र तथा मेडल प्रदान गरिने जानकारी नावाका अध्यक्ष आङ दावा जाङबु शेर्पाले दिनुभयो ।
उक्त प्रतियोगितामा सागरमाथा, अन्नपूर्ण, धौलागिरी र माछापुछ्रे गारी जम्मा ४ टीमले प्रतिस्पर्धा गर्ने भएका छन भने प्रतियोगिता नकाउट चरणको आधारमा खेलाइने नावाका खेल संयोजक दीपक बस्नेतले नमस्ते नेपाललाइ बताउनु भएको छ ।
नावाले यस अघि नै Volleyball WA ले आयोजना गरेको Origin Volleyball प्रतियोगितामा २०१५ र २०१६ मा २ पटक भाग लिएर खेलिसकेको छ।
यस पटक हुन लागेको नावा कप भलिबल प्रतियोगिता २०१६ लाई महत्वपूर्ण रूपले हेरिएको छ। खास गरी पश्चिम अष्ट्रेलियाको नेपाली समुदाय बढ्दै गइरहेको अबस्थामा नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (नावा) ले आफ्ना खेलकूदका कार्यक्रमहरु पनी परिस्कृत गर्दै गइरहेको छ ।
आगामी २५ गते आईतवार अर्थात क्रिसमस डे को दिन आयोजन हुने कार्यक्रम पर्थको बेल्मोंट स्थित सेंटेनरी पार्कमा हुने भएको छ । भलिबल प्रतियोगिता बिहान ठीक ९ बजेबाट शुरुहुनेछ भने BBQ कार्यक्रम ठीक मध्यान्ह १२ बजेबाट शुरुहुने जानकारी नावाले गराएको छ। साथै (नावा) द्वारा आयोजना हुन लागेको क्रिसमस तथा नयाँ वर्ष इस्वी संवत २०१७ को BBQ कार्यक्रममा हरेक वर्ष झैं यो बर्ष पनि सहभागी भैदिनु हुन पश्चिम अष्ट्रेलियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनी, बुवा-आमा तथा नेपाली संघ-संस्थाहरु सबैलाई आयोजक नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाले हार्दिक निमन्त्रणा गरेको छ ।
स्थान: 105 Daly Street,Belmont- WA (Centenary Park Community Centre)
मिति: आइतबार,, डिसेम्बर २५