पर्थ – संसार भरि रहेका नेपालीहरु नयाँ वर्ष रमाइलोको साथ मनाउने तयारीमा जुटेका छन । कोहि यो नयाँ बर्षको अवसर पारेर नया ठाउँको भ्रमण गर्ने योजना मा हुनुहुन्छ होला भने कतिपय साथिभाइ हरुसंग पिकनिक जाने तरखरमा हुनुहुन्छ होला, कसैले नयाँ बर्षमा नयाँ कामको थालनी गर्दै हुनुहुन्छ होला, कोहि विभिन्न संस्कृतिक कार्यक्रमहरु गर्दै हुनुहुन्छ होला। अतः नयाँ वर्ष मनाउने प्रचलन पनि आ-आफ्नो संस्कृति अनुसार फरक ढंगले मनाउने गरेको पाइन्छ।
तर पश्चिम अस्ट्रेलियाको नेपाली समुदायको माउ संस्था नेपाली एसोसियसन अफ वेस्ट्रन अस्ट्रेलिया (नावा) ले हरेक बर्ष जस्तै यो बर्ष पनि नेपाली नया बर्ष २०७४ बिबिध सास्कृतिक तथा मनोरन्जनात्म कार्यक्रमका साथ भब्य रुपमा मनाउने भएको छ ।नेपालि कला सस्कृतीलाइ बिदेशमा समेत चिनाउन नावाले हरेक बर्ष नेपाली नया बर्ष मनाउदै आएको छ। साथै पश्चिम अस्ट्रेलियाका सम्पुर्ण नेपालीहरुलाई एकताको मालामा गाँसेर नेपाली समाजमा महत्वपुर्ण भूमिका खेल्न सफल नावाले गत बर्षदेखि लागू हुनेगरि नावाको सदस्य कार्ड भएका सदस्यहरुलाई निशुल्क प्रवेश को व्यबस्था समेत गरेको आयोजक नावाका अध्यक्ष आङ्ग दावा शेर्पालेले जानकारी दिएको छ।
कार्यक्रममा नेपाली कला र संस्कृति भेष-भुषा झल्कने बिभिन्न गित संगीतको साथै कार्यक्रम स्थलमा सेलरोटी, म:म , लगाएत अन्य नेपाली खानाका परिकार सुलाव मुल्यमा पाउने ब्यबस्था समेत रहेको नावाले नमस्ते नेपाललाई जानकारी आएको छ। नावा नयाँ वर्ष साँगितिक साँझ २०७४ नाम दिइएको उक्त कार्यक्रम यहि शुक्रवार अर्थात् १४ अप्रिल २०१७ तारिक साँझ ६ बजेबाट स्थानीय भास्टो क्लब (5 Vasto Place Balcatta WA 6021) मा हुने भएको छ ।
प्रत्येक बर्ष आउने नयाँ बर्ष अर्थात बैशाख १ गते हामि नेपालीहरुले मात्र नभई बैशाख १ लाइ नयाँ बर्षको रुमपा मनाउने अन्य देशहरु पनि छन जस्तै आधिकारिक रुपमा इस्वी संवत मनाउने देशहरुमा भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, लाओस, बर्मा अनि कम्बोडिया पनि पनि बैशाख १ लाइ सांस्कृतिक पर्वका रुपमा मनाउने गर्दछन ।