पर्थ, मे २४, बुधवार
पर्थमा पहिलो पटक पर्थका कलाकारहरु द्वारा कलाकारहरुको लागि सांगीतिक साँझ गरिने भएको छ ।
A night with perth local artist नाम दिइएको उक्त कार्यक्रम शुक्रवार २६ मे २०१७ को दिन साँझ ७ बजेबाट स्थानीय सिभिक होटेलमा हुने भएको छ ।
कार्यक्रमको को मुख्य उद्धेश्य पर्थ को चिरपरिचि सांगीतिक ब्याण्ड सेंसिमिलिया पश्चिम अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै सिड्नीमा हुन गैरहेको इन्टर स्टेट नेपाली सगीत मेला मा भाग लिन जाँदैछ ।
यो सम्पुर्ण पर्थबासि नेपालीहरुको लागि पनि गर्वको कुरा हो । सिड्नी सागीतिक टुरको लागि सहयोगार्थ यो सागीतिक साँझ आयोजना गर्न लागिएको हो सो कार्यक्रमको टिकट मूल्य जम्मा १५ डलर राखिएको छ ।
कार्यक्रममा सेंसिमिलिया, जंगी निशान, इलेवेनथ आअर, श्रुति श्रेष्ठ, विभूषित घिमिरे र डि.जे अमित शाही ले आफ्नो प्रस्तिती दिने भएका छन्
आयोजकले पर्थ मा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई कार्यक्रममा उपस्थिति भएर कलाकारको हौशला बढाई दिन अनुरोध गरेको छ ।
उक्त कार्यक्रममा १८ बर्ष भन्दा माथिका मात्र सहभागी हुन पाउने छन् भने आफ्नो परिचय पत्र समेत साथमा लानु पर्ने छ ।