पर्थ-अगस्त ९ , नमस्ते नेपाल –
पर्थमा भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस टेबुलटेनिस प्रतियोगिता हुने भएको छ । पर्थ-नेपालले बिगत ५ बर्षदेखि आयोजना गर्दै आइरहेको उक्त प्रतियोगिताको ५ औ संस्करणमा पर्थ र आसपासका नेपाली खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने भएका छन ।
उक्त खेल अन्तरास्ट्रिय प्रतियोगिता हुने वेस्ट्रन अस्ट्रेलिया टेबुल टेनिस एशोसियसन (WATTA) भिक्टोरिया पार्कमा हुने भएको छ l यहि २७ अगस्त २०१७ आइतवारको दिन हुन् गैरहेको प्रतियोगिता निकै चर्चामा रहेको छ हरेक बर्ष यो खेलमा उत्साहपुर्ण खेलाडी र दर्शकको घुइचो लाग्ने गर्दछ । अझ यस बर्ष भने यो प्रतियोगिता भब्य हुने भएको छ किनकि यो बर्ष हुन् गैरहेको भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस टेबुलटेनिस प्रतियोगितामा नेपाल लगायत साउथ एशियन देशका (अन्य कम्युनिटि ग्रुप) खेलाडीहरुले समेत भाग लिने भएका छन त्यसैले यो प्रतियोगितालाइ अर्थपूर्णरुप हेरिएको छ ।
प्रतियोगितामा मल्टि कल्चरल ग्रुप , ब्वाइज क्याजुयल ग्रुप , वुमेन ग्रुप र अन्डर १६ ब्वाइज ग्रुप समुह रहने आयोजक पर्थ नेपालका संजय चौधरीले नमस्ते नेपाललाइ जानकारी दिनु भयो । प्रतियोगिता पर्थ समय अनुसार बिहान ९ बजे देखि साँझ ५ बजे सम्म संचालन हुनेछ बिजेता खेलाडीहरुका लागि नगद, शिल्ड, प्रमाण पत्र तथा गिफ्ट समेत बितरण गरिने भएको छ साथै सोहि स्थानमा म: म र बिभिन्न प्रकारक नेपाली परिकारको स्टल समेत रहने आयोजक पर्थ नेपाल का श्री न्युपानेले जानकारी दिनु भएको छ ।
भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस टेबुलटेनिस प्रतियोगिता २०१७ को स्पोन्सरहरुमा मुख्य प्रायोजक भ्यालु एजुकेशन एण्ड भिसा सर्भिस, गोल्ड स्पोंसोरस ठमेल बजार , म्याक्स ट्याक्स रहेको छ भने क्याटेरिङ्ग फंकी म:मले गर्ने भएकोछ । उक्त प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिनुहुन र खेलाडीहरुको मनोबल बढाइदिनुहुन सम्पुर्ण पार्थबासीहरुमा पर्थ-नेपालले हार्दिक अनुरोध गरेको छ ।