नमस्ते नेपाल, १७ डिसेम्बर आइतवार, पर्थ
१६ डिसेम्बर शनिबारको साँझ पर्थमा “धुर्मुस सुन्तली साँझ वीथ नेपाल आइडल टप थ्री एन्ड ब्यान्ड” कार्यक्रम भव्य सफलताको साथ सम्पन्न भयो । वी केयर नेपाल इन्कको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको सो कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार तथा “धुर्मुस सुन्तली फाउन्डेसनका सस्थापक सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले सन्देश मुलक प्रहशन प्रस्तुत गरेका थिए जहाँ दर्सकहरुले भरपूर्ण मनोरंजन लिइरहेको देख्न सकिन्थियो। कार्यक्रमकै दौरानमा सिताराम कट्टेल (धुर्मुस) ले भने सम्पुर्ण नेपालीहरुको साथ र सहयोगले गरके हामि मुसहर बस्ति तथा अन्य सामुदायिक बस्ति निर्माण गर्न सफल भयौ र सयौ बाल बालिकालाइ बिधालय र शिक्षाको पहुच सम्म पुराउन सक्यौ ।
तर तही बेला भर्खर बाबा- आमा भन्न शुरु गर्दै गरेकी आफ्नी छोरीले कहिले बाबा-आमा भनिन त्यो शब्द समेत सुन्न नपाउने अभागी बुवा आमा पनि हामि नै हौ भन्दा, स्टेजमा रहेकी कुन्जना घिमिरे (सुन्तली) ले आफ्ना आँखाबाट आशुलाइ रोक्न सकिनन् साथै त्यो क्षण सम्पुर्ण दर्शकहरुका आँखा रसाए थिए। नेपालको पहिलो नेपाल आइडलका टप ३ पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासले आफ्नो बेजोड प्रस्तुति हरु प्रस्तुत गरेका थिए जहाँ दर्शकहरुले तालि तथा नाचेर नेपाल आइडललाइ साथ् दिनुको साथै हरेक गीतमा वन्स मोर वन्स मोर भदै चिच्याई रहेका थिए, कार्यक्रममा नेपाल आइडलका कार्यक्रम संचालक सुशिल नेपाल र साथमा नेपाल आइडलका ब्याकअप ब्यान्ड मेम्बरको समेत सहभागी थियो । स्थानीय ब्याण्ड सेंसिमिलियाले पनि आफ्नो प्रस्तुति दिएको थियो ।
धुर्मुस सुन्तली फाउन्डेसनले नेपालमा हाल सन्चालन गरी रहेको “सन्तपुर एकिक्रित नमुना बस्ती” को सहयोगार्थ यो कार्यक्रम पर्थमा आयोजना गरिएको वी केयर नेपाल अध्यक्ष उज्ज्वल केसीले जानकारी दिनु भयो । गत बर्ष नेपालमा विनासकारी महाभूकम्पका बेला वी केयर नेपालले संकल गरेको २५ हजार अस्ट्रेलियन डलरको चेक वी केयर नेपालका प्रतिनिधिहरुले सोहि कार्यक्रममा ध्रुमुस सुन्तलीलाइ हस्तान्तरण गरेका थिए र यो कार्यकमको सम्पुर्ण नाफा समेत धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ जाने आयोजकले नमस्ते नेपाललाइ जानकारी दिनु भयो । “धुर्मुस सुन्तली साँझ वीथ नेपाल आइडल टप थ्री एन्ड ब्यान्ड” लाई ‘सिनामन भिक पार्क रेस्टुरेन्टले टाइटल स्पोन्सर गरेको हो भने, केबिए ग्लोबलको पावर्डबाइमा वेष्टर्न नेप्लिज क्रीकेट क्लबको सहकार्यमा सो कार्यक्रम स्थानीय अक्टागन थियटरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमलाइ सुशील नेपाल, कमल सिलवाल र राम्विका कार्कीले संचालन गर्नु भएको थियो ।