पर्थ, १९ फेब्रुरी २०१८
गत जनवरी २१ गते पर्थमा आयोजना भएको सोनाम लोसारबाट उठेको रकम शनिवार एउटा कार्यक्रमका बीच बिभिन्न संघ-संस्थाहरुलाई हस्तान्तरण गरियो । पर्थमा खेल र खेलाडीलाई माया गर्नेहरुको कमि छैन भन्ने उदाहरण पनि हो, खेलाडीहरुको मनोबल बढाउने उद्देश्यका साथ् गत शनिवार फेब्रुरी १७ को दिन बिमला तामाङ्ग र राजेश मोक्तान द्वारा स्थानीय ब्रजउड पार्कमा धन्यवाद कार्यक्रम राखिएको थियो ।
उक्त कार्यक्रममा सोनाम लोसार बाट उठेको ९५० डलर क्रमश वेस्टर्न नेप्लिस क्रिकेट क्लबलाइ ४०० डलर पर्थ नेपाल क्रिकेट क्लबलाइ २०० डलर, नावाको आगामी खेलको लागि $२०० र नेप्लिस युनाइटेड फुटबल क्लबलाई १५० डलर प्रदान गरिएको थियो । नमस्ते नेपालसंग कुरा गर्दै आयोजकले भन्नु भयो, यो रकम निकै थोरै होला तर हाम्रो प्रयास भनेको पर्थमा रहेका सबै खेलाडीहरुलाइ उच्च कदर गर्दै उहाँहरुको खेलप्रतिको लगावमा कमि आउन नदिनुको साथै केहि हदसम्म भए पनि खेलाडीहरुको मनोबल बढाउनेछ भन्ने बिश्वासको साथ यो कार्यकम आयोजना गरिएको हो र आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तर दिने समेत बताउनु भयो । कार्यक्रममा एन आर एन ए डब्लु ए , नाव तथा भिभिन्न संघ -संस्थाका पदाधिकारीहरु, कलाकार, सयम सेवक साथै पर्थ बासीहरुको बाक्लो उपस्थी रहेको थियो ।