पर्थ १८, मार्च २०१८
डब्लु एन सी सी समर लिग २०१८ को उपाधि पर्थ नेपाल क्रिकेट क्लबले आफ्नो कब्जामा पार्न सफल भएको छ । पर्थको स्थानीय क्लोभरडेलमा गत आइतवार खेलिएको फाइनल खेलमा पर्थ-नेपालसँग डब्लु एन सी सी रेड १५ रनले पाराजित भएको थियो ।
पर्थका नेपाली क्रिकेट क्लबहरु बीच प्रतिस्पर्धा भएको २० ओभरको सो लिगमा स्थानीय क्लबहरु पी एन सी सी,डब्लु एन सी सी रेड, रोयल असनेपाल, वारियार्स र डब्लु एन सी सी ब्लु गरि जम्मा ५ वटा टिमले भाग लिएका थिए । लिगको अपराजित टिम पर्थ-नेपाल क्रिकेट क्लब र आयोजक डब्लु एन सी सी रेड फाइनलमा भिडेका थिए निकै कडा प्रतिस्पर्धा भएको खेलमा डब्लु एन सी सी रेडले टस जितेर फिल्डिंग रोजेको थियो ब्याटिङ्ग गर्न क्रिजमा उत्रेको पर्थ नेपालले २० ओभर खेल्दै खेलमा आफ्नो सबै विकेट गुमाएर ९२ रन जोड्न सफल भयो । ९३ रनको लक्ष्य पच्छाउदै जवाफी ब्याटिङ्गमा उत्रेको डब्लु एन सी सी रेड १९ ओभरमै आफ्ना सबै बिकेट गुमाएर जम्मा ७७ रन जोड्न सफल भएको थियो । जसमा प्रशिम र पुरुस्कारले समान ३-३ विकेट र प्रभाकर ले २ र बिक्रम ले १ विकेट आफ्नो हात पारेका थिए ब्याटिङ्गआ डब्लु एन सी सी रेडका बिक्रमले २१ र हरि भजनले ९ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेन । यता विजय टिम पर्थ नेपालका टि क्षिरिङ्गले सर्वाधिक ३७ रन हानेका थिए भने फास्ट बलर मिलन क्षेत्री ३ विकेट लिएका थिए भने कप्तान संजय चौधरीले २ विकेट र प्रविन श्रेठले १ बिकेट लिन सफल भएका थिए ।
निकै अनुभवी खेलाडी तथा पर्थ नेपाल क्रिकेट क्लबका कप्तान संजय चौधरीको कप्तानीमा उत्रेको क्लब पर्थ नेपालले कुनै पनि खेलमा हार नाबेहोरी अभिजित भयो भने डब्लु एन सी सी रेडले रनर अपमा चित्त बुझाएको थियो । साथै उक्त लिगको बिजेताले सिड्नीमा हुन गैरहेको ओसियना गेममा डब्लु ए को तर्फ़बाट क्लब र खेलाडीहरुलाई लिड गर्नेछ । पर्थ नेपाल क्रिकेट क्लब निकै पुरानो र चिरपरिचित क्लब हो । यता ओसियाना स्पोर्ट मिट सिड्नीमा भाग लिन जाने खेलाडीहरुको सहयोगार्थ पर्थका सम्पूर्ण खेलकुद क्लबहरुले आइतवार गाला डिनरको समेत आयोजना गरेका छन् । सोहि समारोहमा डब्लु एन सी सी ले समर लिग २०१८ का बिजेता तथा अन्य विधामा खेलाडी हरुलाई मेडल तथा प्रमाण पत्र बितरण गरिएको थियो ।
तस्विर : पर्थ नेपाल क्रिकेट कल्बको फेशबुक