संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नढालेसम्म समस्या समाधान नहुने धारणा सार्वजनिक गरिरहेका बेला मोर्चाकै अर्को घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भने सरकार परिवर्तनमा आफूहरुको रुचि नभएको बताउँछन । उनीसँग समसामयिक विषयमा गरिएको कुराकानी ।
मधेस आन्दोलन कहिले र कसरी टुङगिन्छ ?
जहिले मधेसको माग संबोधन हुन्छ त्यो दिन टुङगिन्छ ।
तपाईहरुको मागहरु संबोधन भएको छैन ?
अहिलेसम्म त केही भएको छैन ।
तपाई दिनहुँजसो बार्तामा बसिरहनु भएको छ ?
बार्तामा बुद्धि विलास बाहेक केही भएको छैन ।
प्रमुख दलका शिर्ष नेताहरुले बार्तामा के भन्छन ?
खाली सैद्धान्तिक छलफल हुन्छ । अन्र्तबस्तुहरुमा भर्खर छलफल सुरु भएको छ । अन्र्तबस्तुमा पनि ठोस केही आउन सकेको छैन ।
हलो कुन मुद्दामा अडकिएको छ ?
जति पनि मुद्दाहरु उठेका छन सबैमा हलो अडकिएको छ । अहिलेसम्म कुनै पनि मुद्दामा निकास हुने अवस्था देखिएको छैन । निष्कर्स अहिलेसम्म देखिएको छैन ।
तपाईहरुकै प्रमुख माग पुरा गर्न संविधान संसोधन प्रक्रिया अगाडि बढेको छ नि ?
संविधान संसोधन प्रक्रियाको जहाँ सम्म सवाल छ । त्यो अपूर्ण छ । संसोधन विद्येयकमा पनि हामीले संसोधन खोजेका छौ । त्यसमा अहिलेसम्म ठोस रुपमा कुनै कुरा आएको छैन । हामीसँग छलफल गरेर संविधान संसोधन विद्येयक अगाडि बढाएको होईन ।
संसोधन प्रस्तावमा तपाईहरुको सहमति छैन र ?
छैन, छैन, छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त संविधान संसोधनमा मधेसी मोर्चासँग सहमति भईसक्यो भनेर भन्नु भएको छ ?
टेबुलसम्म चाँही पुग्न दिनुस त्यसपछि यसमा के के संसोधन गर्नु पर्ने हो । छलफल गरेर हामी त्यसमा संसोधन ल्याउँछौ भन्नु भएको थियो । तर त्यसमा कुनै प्रगति भएको छैन ।
तपाईहरुले यो यो संसोधन छ भनेर दिनु भएको छैन ?
हामीले भनिसकेका छौ, दिईसकेका छौ । संसोधनको बुँदा दिईसकेका छौ ।
के के संसोधन दिनु भएको छ त ?
हामीले लिखित रुपमै सात बुँदेको रुपमा लिखित संसोधन दिईसकेका छौ । त्यसमा समावेशी, समानुपातिकको पहिला परिभाषा हुनु पर्यो, कहाँ दिने हो, क कस्लाई दिने हो त्यो ठोस रुपमा आउनु पर्यो । जुन जुन धाराबाट सामानुपातिक शब्द हटाईएको छ, मधेस आन्दोलन हटाईएको छ, जनसख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रिय सभा प्रतिनिधित्व हुनु पर्छ लगायतका सबै कुरा हामीले खुलाएर दिईसकेका छौ ।
त्यसो भए सीमांकनमा हलो अडकिएको हो ?
सबै मुद्दामा हलो अडकिएको छ किनकी कहि पनि हाम्रो मुद्दामा अहिलेसम्म सुनवाई भएको छैन ।
सीमांकनमा कसरी र कस्ले अड्काएको छ ?
सीमांकनमा हामीले सुरु देखिनै समस्त मधेसको कुरा गरेको हो । पूर्वदेखि पश्चिमसम्म भनेका थियौ । तर त्यो काग्रेस एमालेले मानेको छैन । जुन उनीहरुले प्रस्ताव ल्याए त्यसबाट पनि पछि हटेर आठ जिल्लालाई मात्रै मधेस राज्यको रुपमा बाँकी सबै जिल्लालाई पहाडको राज्यमा मिलाएको छ । हाम्रो अहिले पनि भनाई छ कि राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाडफाड समितिले पनि झापादेखि कञ्चनपुरसम्मलाई मधेस मानेर दुई प्रदेश बनाएको छ, त्यसपछि सरकारले गठन गरेको आयोगले पनि झापादेखि कञ्चनपुरसम्मको भुभागलाई मधेस ठहर्याएको छ । त्यसमा पनि दुई मधेस प्रदेशको कुरा गरिएको छ । हामीले दुई प्रदेश स्विकार गरिसकेका छौ ।
पाँच जिल्लाको जनमत पनि तपाईले बुझ्नु भएको होला नि ?
ठिक छ, वार्ड वार्डसम्मको कुरा बुझौला ।
तपाईहरु जनमत संग्रह गर्न तयार हुनु भएको हो ?
जनमत संग्रहको कुरा हामीले उठाएका छैनौ । पञ्चायतकालमा पनि जनमत संग्रह भएको थियो, त्यसको के परिणाम निस्कियो सबैलाई थाहाँ छ । पहाडमा जातीको आधारमा विरोध गर्ने अनि मधेसलाई चाँही त्यही जातिको आधारमा कब्जा गर्ने कुरा मान्दैनौ । बन्दुकको भरमा मधेस कब्जा गर्ने अनि अहिले त्यहाँ मधेसका जनतालाई विभाजन गर्ने कुरा स्विकार्य हुँदैन ।
सुनसरी, मोरङ र झापाका जनताले एक नम्बर प्रदेशमै बस्छु भन्दा तपाईहरु किन मधेसमै हुनु पर्छ भनिरहनु भएको छ ?
झापामा बस्न हामीले कहिल्यै आपत्ति गरेका छैनौ । तर जो पहाडमा जान चाहदैन तीनीहरुलाई किन जवरजस्ती पहाडमा लाने रु एक नम्बरमा बस्न चाहन्छन भन्ने तपाईहरुको भनाई हो । त्यहाँको मधेसी र जनजातिलाई पनि सोध्नु पर्यो ।
त्यहाँको मधेसी र जनजातिहरु किन आन्दोलन गरिरहेका छन त ?
प्रधानमन्त्रीले त झापा, मोरङ र सुनसरीका जनता त्यही बस्न चाहन्छन भनेर भन्नु भएको छ रु
त्यो कुरा त तपाईहरुले पनि भनिरहनु भएको छ । त्यहाँ गएर मधेसी, जनजातिलाई सोध्नुस । सुनसरीमा मधेसी र जनजातिको संख्या बढी छ तर कुन आधारमा पहाडमा मिलाईयो । ५० प्रतिसत मोरङमा छन त्यसलाई कुन आधारमा मिलाईयो । ८० प्रतिसत भन्दा बढी मधेसी छन कपिलबस्तुमा कुन आधारमा त्यसलाई पहाडमा मिलाईयो रु २० प्रतिसतको आकांक्षा आकांक्षा हुने ।
सीमांकनलाई कसरी टुङग्याउने त ?
जुन मधेसीहरुको माग छ त्यो पुरा हुनु पर्छ ।
पुरा भएन भने के हुन्छ ?
पुरा नभए अहिले जे छ त्यस्तै हुन्छ । आन्दोलन जारी रहन्छ ।
तपाईहरु सम्झौता गर्न तयार हुनु हुन्न ?
हत्या गर्ने सरकार बार्ताबाट माग संबोधन गर्न चाहँदैन ।
त्यसो भए यो सरकारको विकल्प खोज्नु पर्छ ?
सरकार कस्ले बनाउछ , को बन्छ भन्ने कुरामा हाम्रो रुचि छैन । सरकारको विकल्प खोज्ने कुरामा रुचि लिदैनौ ।
आन्दोलनको विषयमा मधेसी मोर्चा पनि विभाजित त छ नि ?
तपाईले देख्नु भएको होला । हामी भित्र त्यस्तो केही छैन ।
नाका खोल्नु पर्छ भन्ने मत पनि छ नि ?
यो चिसोमा राती राती बसिरहेका छन । विना कपडा, ओढने तीनीहरुको चिन्ता कसैले लिएको छ र रु
तपाईहरुलाई नाका खोल्नु पर्छ भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय दवाव पनि छ नि ?
जो शक्तिशाली हुन्छ उसको कुनै दोष हुँदैन । बन्दुकबालाको कुनै दोष छैन । हातमा लट्ठी लिनेको दोष हुन्छ । जो सफरभईरहेको छ त्यो दोषी, जो सफर गराई रहेको छ त्यो चै महान ।
भारतले तपाईहरुलाई नाकामा नबस्नुस भनेर त भनेको छ नि ?
भारतले हामीलाई त्यस्तो केही भनेको छैन ।
जनताको पीर बुझेर नाका चाँही खोल्ने सोचमा हुनु हुन्छ ?
मधेसको जनताको पीर मार्का बुझीदिएपछि हामी पनि बुझीदिन्छौ ।