Deepak Sharma – Namaste Nepal Australia https://www.namastenepal.com.au News, Events, Media, Updates on Nepalese Perth Thu, 07 Feb 2019 05:51:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=5.5.14 गैर आवासीय नेपाली संघ पश्चिम अस्ट्रेलियाले पर्थमा पहिलो पटक आयोजना गरेको “हार्मोनी कप” भव्य रुपमा सफल https://www.namastenepal.com.au/archives/4839 https://www.namastenepal.com.au/archives/4839#respond Tue, 05 Feb 2019 14:18:18 +0000 http://www.namastenepal.com.au/?p=4839

पर्थ, ५ फेब्रुवरी, २०१९

गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले पहिलो पटक गत फेब्रुवरी ३ तारिक आइतवारका दिन भव्यताका साथ् “हार्मोनी कप” , सम्पन गर्यो । पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब र खेलाडीहरुको खेलप्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै सामाजीक सद्भाव र सम्बन्ध बिस्तारको लागि आयोजना गरिएको सो प्रतियोगिता पर्थको स्थानीय बेल्मोण्टको २ वटा छुट्टा छुट्टै खेल मैदानमा क्रिकेट, फुटवल र भलिवलका साथ् साथै बालबालिका र दर्शकहरुका लागि मुजिकल चियर खेलको आयोजना गरियोको थियो ।

प्रतियोगितालाइ अझ प्रभावकारी बनाउन क्रिकेट र फुटबल खेलका लागि अस्ट्रेलियाका अफिसियल रेफ्रीहरुको व्यवस्था गरेको थियो भने भलिवलको लागि अनुभवी नेपाली रेफ्रीद्वय हेम पुन र छबि चौलागाइले गर्नु भएको थियो ।

बिहान ७ बजेबाट सुरु भएको पहिलो क्रिकेट खेल पर्थ नेपाल क्रिकेट क्लब र नेपाली वारियार्स क्रिकेट क्लब बीच सम्पन भएको खेलमा पर्थ नेपाल ले विजय हात पर्यो भने नेपाली वारियार्स क्रिकेट क्लब र बेल्मोण्ट क्रिकेट कल्ब बीच भएको दोस्रो खेलमा भने नेपाली वारियार्स क्रिकेट क्लब विजय भै फाइनलमा पुगेको थियो फाइनल खेलमा पर्थ नेपालले टस जितेर फ़िल्डिङ्ग रोजेको थियो ।
ब्याटिंगमा उत्रेको वारियार्सले २० ओभर खेल्दा ८ विकेट गुमाउदै ९१ रन जोड्न सफल भयो जवाफी ब्याटिंग गर्न मैदानमा आएको पर्थ नेपालले ८ ओभर मै बिना कुनै विकेटको नोक्सानीमा आफ्नो लक्ष्य पुरा गरेको थियो जसका लागि ८ ओभरको अन्तिम बलमा स्वरुप पियाले छक्का प्रहार गर्दै नट आउट ५९ रन जोड्न सफल भए र पर्थ नेपाल च्याम्पियनशिप कपको उपाधि आफ्नो कब्जामा पर्न सफल भयो ।

प्रतियोगितामा सर्वाधिक ६ विकेट लियर राज शर्मा बेस्ट बलर बन्न सफल भए भने १०९ रन, ५ विकेट र २ क्याच गरेर बेस्ट ब्याट्सम्यान र म्यान अफ दि टुर्नामेन्टको उपाधि सुप्रित प्रधानले आफ्नो पोल्टामा पारे
यस्तै भलिवल तर्फ़ पनि कडा प्रतिस्पर्धा भएको थियो टिम सगरमाथा टिम धौलागिरि, टिम अन्नपुर्ण र अलुम्नी रामपुर एग्रिकल्चर क्याम्पस टिमले भाग लिएको भलिवलतर्फ़ फाइनलमा  टिम सगरमाथा र टिम धौलागिरि भिडेका थिए बेस्ट ३ मा खेलिएको भलिवल च्याम्पियनशिप कपको उपाधि  धौलागिरिलाई २- १ ले पछि पार्दै टिम सगरमाथाले उचाल्न सफल भयो भने म्यान अफ दि टुर्नामेन्ट टिम धौलागिरीका राज गुरुङले पाउनु भएको थियो ।

बेल्मोण्टको अर्को मैदानमा भएको फुटवल खेलमा पर्थमा ४ वटा फुटवल क्लबले भाग लिएका थिए जसमा हिमालयन टाइगर्स, पर्थ हरिकेंस , युनाइटेड ब्रोदर्स र ग्लोरी हनटर्स थिए ।
हिमालयन टाइगर्स फुटवल क्लब र ग्लोरी हनटर्स बीच भएको प्रतियोगिताको पहिलो खेलमा हिमालयन टाइगर्स ४ एक १ ले विजय भएको थियो  । प्रतियोगिताको दोस्रो खेलमा युनाइटेड ब्रोदर्सलाइ ८ – ० को फराकिलो अन्तरले हराउदै पर्थ हरिकेंस फाइनलमा पुगेको थियो ।

फाइनल खेल निकै प्रतिश्प्रधात्मक बनेको थियो फाइनल खेलमा २ – ० ले पर्थ हरिकेंसलाइ पछि पार्दै हिमालयन टाइगर्सले उपाधि जित्न सफल भयो
प्रतियोगितामा ४ गोल हान सफल पर्थ हरिकेंसका नवाङ्ग तासीले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएका थिए भने सोहि क्लबका गोलकिपर समालोचन धितालले उत्क्रिस्ट खेल प्रदर्शन गर्दै बेस्ट गोलकिपरको उपाधि पाएका थिए।फुटवल प्रतियोगिताका प्ल्येर अफ दि टुर्नामेन्ट भने बिजयी टिम हिमालयन टाइगर्सका दिलिप थापा चुनिएका थिए ।

प्रतियोगिताको अन्तमा बिजेता तथा सहभागी खेलाडीहरुको लागि शिल्ड, पदक तथा प्रमाण=पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि पश्चिम अस्ट्रेलियाका लागि महाबाणिज्यदुत फ्रेड ब्राउनले कार्यक्रमलाई सम्वोधन गर्दै , यति ठुलो खेलकुद प्रतियोगिता भब्यताको साथ् सफल भएकोमा गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियालाइ बधाई दिदै अगाडी भन्नु भयो, नेपाली समुदायको यो हार्मोनी देखेर आफु निकै गर्वान्वित भएको र आफ्नो तर्फबाट सधै यस किसिमका कार्यक्रमलाई सहयोग र साथ् रहने भनि प्रतिबद्धता व्यक्त समेत गर्नु भयो ।

आयोजक संस्था गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले सम्पुर्ण पर्थवासी नेपाली दाजु भाइ तथा दिदि बहिनि,सम्पुर्ण खेलाडीहरु, स्पोंसर्स भोलुण्टियर, सहयोगी हातहरु एन. आर. एन. ए. ओसियाना खेलकुद कमिटी संयोजक भुपाल सिटौला लगाएत सम्पुर्ण ओसियाना खेलकुद कमिटि ,एन. आर. एन. आइ. सी. सी. खेलकुद कमिटी संयोजक राजु मानन्धर,   खेलकुद अफिसियल साथै सम्पुर्ण दर्शकलाइ धन्यवाद व्यक्त गरेको छ ।

गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले यसै बर्षबाट हार्मोनी कपको शुरुवात गरि यसलाई हरेक बर्ष निरन्तर दिने प्रतिबद्दतागरेको छ ।

 

]]>
https://www.namastenepal.com.au/archives/4839/feed 0
पश्चिम अस्ट्रेलियाले पहिलो पटक पर्थमा हार्मोनी कपको आयोजना गर्दै https://www.namastenepal.com.au/archives/4817 https://www.namastenepal.com.au/archives/4817#respond Sun, 13 Jan 2019 05:22:46 +0000 http://www.namastenepal.com.au/?p=4817

 

पर्थ, १३ जनवरी २०१९

पर्थमा रहेका सम्पुर्ण नेपाली खेलकुद क्लब र   खेलाडीहरुको खेलप्रतिको लगावलाई हौसला प्रदान गर्नुको साथै   सामाजीक सद्भाव र सम्बन्ध बिस्तारको लागि गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले पहिलो पटक पर्थमा “हार्मोनी कप”को आयोजना गर्दैछ, आगामी फेब्रुवरी ३ तारिक आइतवारका दिन सम्पन हुने प्रतियोगितामा ५ वटा खेल समासेश गरिएको आयोजकले जनाएको छ । जसमा क्रिकेट, फुटवल, भलिवल, म्युजिकल चियर र ब्लाइण्डफोल्ड खेल रहेका छन् । स्थानिय रेड्क्लिफ़ पार्कमा खेलाइने उक्त प्रतियोगिता पर्थको समय अनुसार बिहान ठिक सात बजे खेल शुरु भई   साँझ ५ बजे समापन हुनेछ ।

 

पर्थमा निकै प्रतिवाशाली खेलाडीहरु छन् तर यस किसिमका प्रतियोगिता निकै कम मात्रमा हुने गरेका कारण खेलाडीहरुको स्तरउन्नतिमा प्रभाव पार्ने हुनाले र स्थानिय खेलाडीहरुले पनि गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाबाट यस किसिमका प्रतियोगिता आयोजना गरिदिन आग्रह गरेकाले एन आर एन पश्चिम अस्ट्रेलियाले यसै बर्षबाट हार्मोनी कपको शुरुवात  गरि यसलाई हरेक बर्ष निरन्तर दिने प्रतिबद्दता व्यक्त गर्दै आगामी बर्षमा अन्य स्टेटका खेलाडीहरुलाई समेत सहभागी गराएर इन्टरस्टेट हार्मोनी कपको रुपमा लैजाने गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) अस्ट्रेलियाका उपाध्यक्ष्य एवं   पश्चिम अस्ट्रेलियाका संयोजक दिपक शर्माले बताएका छन् ।

 

प्रतियोगितालाइ अझ प्रभावकारी बनाउनको लागि क्रिकेट, फुटबल, र भलिवलको लागि अस्ट्रेलियाका प्रोफेशनल रेफ्रीहरुको व्यवस्था गरिनुको साथै सबै खेलाडी र स्वयंसेवकहरुको लागि बिमाको समेत व्यबस्था गरिएको छ ।

 

बिजेता तथा सहभागी खेलाडीहरुको लागि शिल्ड, पदक तथा प्रमाण पत्र प्रदान गर्नुको साथै अन्य विधा जस्तै सर्वाधिक गोलकर्ता, बेस्ट गोलकिपर, प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याट्स्मेन लगाएतका विधा समावेश गर्नुको साथै दर्शक तथा सहभागीहरुका लागि बार्वी क्युको समेत व्यवस्था रहेको जानकारी दिदै गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए. ) पश्चिम अस्ट्रेलियाले सम्पुर्ण पर्थवासी नेपाली दाजु भाइ तथा दिदि बहिनि र सबै खेलप्रेमीहरु उक्त प्रतियोगितामा सहभागी भएर कार्यक्रम सफल बनाइदिनुहुन् बिनम्र अनुरोध गरेको छ ।यो प्रतियोगिता सकिए लगतै एन आर एन ए पश्चिम अस्ट्रेलियाले नेपाली अभिभावकहरुका लागि अबलोकन तथा नया बिधार्थिहरुलाई स्वागत गर्नुको साथै सम्पुर्ण बिधार्थिहरुको लागि महत्वपुर्ण जानकारी मुलक कार्यक्रम समेत गर्ने भएको छ ।

 

 

खेलाडीहरुले आफ्नो वा टिमको नाम निम्न लिंकमा गयर दर्ता गर्न सक्नुहुने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSd9nuYk_mKDirVjwLOBGBuCTIV65HImoPCEP5X7uq1sSqWsiA/viewform?usp=pp_url&fbclid=IwAR21yXeOmzsxaSsD9CRQtLkXdoBJBEn6rNQwNPGoyN-c2XU5wuBU3E73irA

]]>
https://www.namastenepal.com.au/archives/4817/feed 0
पर्थमा काब्ययात्रा भब्यरुपमा सम्पन्न। https://www.namastenepal.com.au/archives/4802 https://www.namastenepal.com.au/archives/4802#respond Mon, 27 Aug 2018 05:56:39 +0000 http://www.namastenepal.com.au/?p=4802 नमस्ते नेपाल अस्ट्रेलिया/पर्थ /अगष्ट २०१८

अन्तराष्टिय नेपालि साहित्य समाज पर्थ,अष्ट्रेलियाले गत  १९ अगष्ट २०१८ आइतबारका दिन पर्थमा “अनेसास काब्ययात्रा -२०१८”भब्यरुपमा सम्पन्न गरेको थियो। काब्ययात्रामा डा. नवराज लम्साल तथा काशीराज पाण्डे शिर्षकमा सम्पन्न सो कार्यक्रममा नेपालका बरिष्ट रेडियो कर्मी ,प्रस्तोता एब कवि डा. नवराज लम्साल र साहित्यकार काशिराज पाण्डेले करिब ३ घण्टासम्म उपस्थित बृहत दर्शक/स्रोताबृंदलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए।

दुई खण्डमा बिभाजित सो कार्यक्रममा डा.नवराज लम्सालले आफ्ना गद्य एब पद्य कविता र अन्तरकृयात्मक प्रस्तुति पस्कदै पहिलो खण्डको बिट मारेका थिए भने दोस्रो खण्डमा साहित्यकार काशिराज पाण्डेले आफ्ना रचना बाचन एब पृथक बिषय बस्तुमा प्रिजन्टेसन प्रस्तुत गरेका थिए। डा. नवराज लम्सालको प्रमुख आतिथ्य र निरज छेत्रिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रिय सचिव एब पर्थ च्याप्टरका सल्लाहकार गणेश घिमिरेले काशिराज पाण्डे एब कार्यक्रमबारे आफ्नो मन्तब्य राखेका थिए। अत्यन्तै उत्साहजनक उपस्थिति र ससक्त प्रस्तूतिका साथ सम्पन्न मानिएको सो कार्यक्रमको सन्चालन हरी अधिकारीले गरेका थिए।

 

 

]]>
https://www.namastenepal.com.au/archives/4802/feed 0
नेपाल महोत्सव पर्थ २०१८ अहिलेसम्मकै सबै भन्दा ठुलो नेपाली कार्यक्रम https://www.namastenepal.com.au/archives/4708 https://www.namastenepal.com.au/archives/4708#respond Wed, 04 Apr 2018 10:52:38 +0000 http://www.namastenepal.com.au/?p=4708

पर्थ  — के बि ए ग्लोबलको मुख्य प्रयोजनमा  पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल महोत्सवमा नेपाली परम्परागत पोसाक लगाएका सयौं नेपालीहरुले बिहानै पर्थको मुख्य सहरमा नेपाल परेडको आयोजना गरेका थिए । बिहान ९ बजे  नेपाली बाजागाजा, कलशसहितका पञ्चकन्या, भन्जन मण्डली  र  बिभिन्न झाँकीसहित  सहभागिता जनाइएको परेडलाई पर्थमा  विदेशीहरुले समेत ताली बजाएर  स्वागत गरेका थिए भने उत्सुकता र चासोका साथ कार्यक्रमहरुबारे जानकारी लिएका थिए । एनआरएन पश्चिम अस्ट्रेलियाले पर्यटकीय स्टल  एलिजाबेथ क्वेमा आयोजना गरेको   महोत्सवमा १०  हजार  भन्दा बढी स्वदेशी तथा विदेशीहरुले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवलाइ बिशेष बनाउन बिभिन्न संस्कृतिक प्रस्तुतिको साथ् साथै लाखे र कुमारीलाइ समेत कार्यक्रम परिसरमा  परिक्रमा गराई रहदा दर्शकहरु निक्कै उत्साही देखिन्थे भने बाल बालिकाहरुका लागि फेश पेंटिंग लगाएतक कार्यक्रम राखिएको थियो । पहिलो पटक कुनै पनि  नेपाली कार्यक्रम र नेपाल फेस्टिवलमा   वेलकम सेरोमोनी  वेल कम टु डी कन्ट्री  बजाइएको थियो  ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिवल पर्थका  संयोजक दीपक शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले  पानासमा दिप प्रज्वल्न गरेर उद्धाटन गर्नु भएको थियो ।  कार्यक्रममा  प्रमुख अतिथि अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा,बिशेष अतिथी एनआरएनएका अध्यक्ष भवन भट्ट,  पश्चिम अष्ट्रेलियाका प्रिमिएर म्याक म्यागाउनका प्रतिनिधि तथा सांसद लिसा बेकर, असियाना रिजन संयोजक धर्म अधिकारी,एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, महासचिव नारायण कोइराला लगायतले महोत्सबलाई सम्बोधन गरेका थिए ।

नेपाल महोत्सवमा पश्चिम अष्ट्रेलियाका लागि नेपालका अबैतानिक राजदूत फ्रेड ब्राउन, नावाका अध्यक्ष मणि पनेरु, पी बि डब्लु ए का अध्यक्ष यादव शर्मा, मुख्य प्रायोजक के बि ए ग्लोबलका शम्भु कंडेल ,एनआरएनए अोसियाना युवा संयोजक ॠषि आचार्य, आइ.सी.सी सदस्यहरु दीपक भट्टराई, होम पाण्डे, केदार रिजाल, राज थपालिया, एनआरएन आइसीसी संचार संयोजक हेमन्त काफ्ले, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष केशब कंडेल, नन्द गुरुङ,प्रबक्ता दिला खरेल,डा. जगदीश तिमिल्सिना,   एनआरएनए आइसीसी पूर्व युवा संयोजक बिजय पोख्रेल,  पूर्व एनआरएनए उपाध्यक्ष दिनेश पोख्रेल लगायत अन्य बिभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरु, र आधा दर्जन भन्दा बढी  सन्चारकर्मीहरुको   समेत सहभागिता रहेको थियो।

राजदुत शेर्पाले नेपालको संसदमा  नारीहरुको उल्लेखिनिय सहभागी भएको र  नेपाल शान्ती प्रकृया मार्फत नेपाल समृधिको  बाटोमा अग्रसर रहेको र स्थाई सरकार मार्फत दिगो बिकासमा लम्केकोले शान्तीपूर्ण बातावरणको प्रत्त्याभुती भएकोले नेपालमा लगानी दुक्क भएर गर्न सुझाइन । नेपाल प्राकृतिक अनुपम नमुना सास्कृतिक र जैबिक बिबिधताले भरिपूर्ण रहेकाले नेपाल भ्रमणको निम्तो पनि राजदुत शेर्पाले दिइन । पश्चिम अष्ट्रेलियाका प्रिमिएर म्याक म्यागाउनका प्रतिनिधि तथा सांसद लिसा बेकरले  नेपाली मिलनसार र परिश्रमी भएको भन्दै सह्राना गरेकि  थिइन  । ‘म तीन वर्ष नेपालमा गएर काम गर्दा नै नेपाल कति रमाइलो र प्यारो छ भन्ने जानिसकेकी छु’ नेपालीहरु मेहनती छन् साथै नेपाली व्यवसायीहरुले अस्ट्रेलियामा रोजगारी समेत सिर्जना गरकोमा प्रसंशा समेत गरिन, बिशेष अतिथी एनआरएनएका अध्यक्ष भवन भट्टले नेपाल अस्ट्रेलियामा बिधार्थी पठाउने तेस्रो ठुलो रास्ट्र हो र नेपाली विविधतामा एकता नै नेपालको पहिचान भएकोले नेपाल नै नदेखेका र नसुनेका अष्ट्रेलियनहरुलाई नेपालका बारेमा जानकारी दिन नेपाल महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।  मुख्य प्रयोजक  के बि ए ग्लोबलका शम्भु कंडेलले भन्नु भयो  के बि ए ग्लोबलले  नेपाल फेस्टिवलमा मुख्य प्रयोजक भएर नेपाल र नेपाली समुदायलाई सहयोग गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो र यस किसिमक हरेक कार्यक्रमलाइ आफुले निरन्तर  सहयोग गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

महोत्सवमा नेपालको मौलिक तथा प्रख्यात  कुटुम्ब ब्याण्ड्ले निकै  रौनकता थप्नुको साथै नेपाली र बिदेशी दर्सकलाइ मज्जाले नचाएको थियो स्थानीय ब्यान्ड जङीनिसानी र सेन्सीमेलियाले समेत आफ्नो  प्रस्तुति दिएका  थिए। महोत्सवमा नेपाली खानाका स्टलको साथै नेपाली कला संस्कृति झल्काउने  नेपाल हाउस र अन्य ब्यापारिक स्टलहरु पनि राखियको थियो नेपाल महोत्सवमा नेपाल बाहेक रसिया, थाईल्याण्ड र इन्डोनेसियाका कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

Photo Credit: Beam Creation & Shree Photography

]]>
https://www.namastenepal.com.au/archives/4708/feed 0
पर्थ नेपाल क्रिकेट क्लबको शानदार जित  https://www.namastenepal.com.au/archives/4686 https://www.namastenepal.com.au/archives/4686#respond Sun, 18 Mar 2018 14:57:52 +0000 http://www.namastenepal.com.au/?p=4686 पर्थ १८, मार्च २०१८

डब्लु एन सी सी समर लिग २०१८ को उपाधि पर्थ नेपाल क्रिकेट क्लबले आफ्नो कब्जामा पार्न  सफल भएको छ । पर्थको स्थानीय क्लोभरडेलमा   गत आइतवार   खेलिएको फाइनल खेलमा पर्थ-नेपालसँग   डब्लु एन सी सी रेड १५ रनले पाराजित भएको थियो ।

पर्थका नेपाली क्रिकेट क्लबहरु बीच प्रतिस्पर्धा भएको २० ओभरको  सो लिगमा स्थानीय क्लबहरु पी एन सी सी,डब्लु एन सी सी  रेड, रोयल असनेपाल, वारियार्स र डब्लु एन सी सी  ब्लु गरि जम्मा   ५ वटा टिमले भाग लिएका थिए ।  लिगको अपराजित टिम पर्थ-नेपाल क्रिकेट क्लब र आयोजक डब्लु एन सी सी रेड फाइनलमा भिडेका थिए निकै कडा  प्रतिस्पर्धा भएको खेलमा डब्लु एन सी सी रेडले टस जितेर फिल्डिंग रोजेको थियो  ब्याटिङ्ग गर्न क्रिजमा  उत्रेको पर्थ नेपालले २० ओभर खेल्दै  खेलमा आफ्नो सबै विकेट गुमाएर ९२ रन जोड्न सफल भयो ।  ९३ रनको लक्ष्य पच्छाउदै  जवाफी ब्याटिङ्गमा उत्रेको डब्लु एन सी सी रेड १९ ओभरमै आफ्ना सबै बिकेट गुमाएर जम्मा ७७ रन जोड्न सफल भएको थियो । जसमा  प्रशिम र पुरुस्कारले समान ३-३ विकेट र प्रभाकर ले २ र बिक्रम ले १ विकेट आफ्नो हात पारेका थिए ब्याटिङ्गआ डब्लु एन सी सी रेडका बिक्रमले २१ र हरि भजनले ९ रन  बाहेक अरु खेलाडीले  दोहोरो अंक जोड्न सकेन । यता विजय टिम   पर्थ नेपालका टि क्षिरिङ्गले सर्वाधिक ३७ रन हानेका थिए भने  फास्ट बलर मिलन क्षेत्री ३ विकेट लिएका थिए भने कप्तान   संजय चौधरीले २ विकेट र प्रविन  श्रेठले १ बिकेट लिन सफल भएका थिए ।

निकै अनुभवी खेलाडी तथा पर्थ नेपाल क्रिकेट क्लबका कप्तान संजय चौधरीको कप्तानीमा उत्रेको क्लब पर्थ नेपालले कुनै पनि खेलमा हार नाबेहोरी अभिजित भयो भने डब्लु एन सी सी रेडले रनर अपमा चित्त बुझाएको थियो  । साथै उक्त लिगको बिजेताले सिड्नीमा हुन गैरहेको ओसियना गेममा डब्लु ए को तर्फ़बाट क्लब र खेलाडीहरुलाई लिड गर्नेछ । पर्थ नेपाल क्रिकेट क्लब निकै पुरानो र चिरपरिचित क्लब हो । यता ओसियाना स्पोर्ट मिट सिड्नीमा भाग लिन जाने खेलाडीहरुको सहयोगार्थ पर्थका सम्पूर्ण खेलकुद क्लबहरुले आइतवार गाला डिनरको समेत आयोजना गरेका छन्  । सोहि समारोहमा डब्लु एन सी सी ले समर लिग २०१८ का बिजेता तथा अन्य विधामा  खेलाडी हरुलाई मेडल तथा प्रमाण पत्र बितरण गरिएको  थियो ।

तस्विर : पर्थ नेपाल क्रिकेट कल्बको फेशबुक

]]>
https://www.namastenepal.com.au/archives/4686/feed 0
नेप्लिज युनाइटेड फुटबल क्लबको नया कोचमा प्रवेश थापा  https://www.namastenepal.com.au/archives/4673 https://www.namastenepal.com.au/archives/4673#respond Thu, 08 Mar 2018 02:18:39 +0000 http://www.namastenepal.com.au/?p=4673

पर्थ, ८ मार्च २०१८

नेप्लिज युनाइटेड फुटबल क्लबको नया कोचमा सोहि  फुटबल क्लबका सहायक कोच प्रवेश थापा नियुक्त भएका छन् । पश्चिम अस्ट्रेलियाको चिरपरिचित फुटबल क्लब नेप्लिज युनाइटेड फुटबल क्लबका पुर्व कोच शुभाष श्रेष्ठ आफ्नो व्यसायिक कारणले क्लबमा निरन्तर दिन नसक्ने भएका छन् ।

तर क्लबलाइ गर्ने  सहोगमा कुनै कमि हुन् नदिने प्रतिबद्धता समेत गरेका छन् । श्रेष्ठले  २०१६ अनि २०१७मा क्लब र खेलाडीको स्तर निकै माथि पुराएका थिए साथै नेप्लिज युनाइटेड फुटबल क्लबले  गत बर्ष मेलबर्नमा सम्पन्न भएको कंडेल कन्सल्टेन्सी कपमा उत्कृट खेल प्रदर्शन गर्नुको साथै चौथो स्थान सहित फेयर प्ले ट्रफी समेत हासिल गरेको थियो ।

प्रशिक्षक शुभाष श्रेष्ठ र उहाकी श्रीमती डेलले क्लबलाइ दुई बर्षदेखि निरन्तर सहयोग गर्दै आउनु भएको थियो । गत सात एउटा बिशेष बिदाइ कार्यक्रमको आयोजना  गरि  प्रशिक्षक शुभाष श्रेष्ठ र उहाकी श्रीमती डेललाइ क्लबका अध्यक्ष मणि राईले पुष्प गुच्छ सहित स-सम्मान  बिदाई गर्नु भयो । क्लबका नव नियुक्त प्रशिक्षक  प्रवेश थापाले भन्नु भयो मेरो काँधमा ठुलो जिम्मेवारी थपिएको छ मलाई क्लबले बिश्वास गरेर यो स्थान प्रदान गरेकोमा क्लबप्रति आभार प्रकट गर्दै क्लबले सुम्पेको जिम्मेवारीलाई पुर्ण पालन गर्ने बताउनु भयो । कार्यकममा क्लबका खेलाडीहरुका साथै पर्थवासी हरुको उपस्थिति रहेको थियो ।

]]>
https://www.namastenepal.com.au/archives/4673/feed 0
सोनाम लोसारबाट उठेको पैसा बिभिन्न खेलाडी र क्लबहरुलाई हस्तान्तरण  https://www.namastenepal.com.au/archives/4660 https://www.namastenepal.com.au/archives/4660#respond Mon, 19 Feb 2018 08:46:59 +0000 http://www.namastenepal.com.au/?p=4660  

 

पर्थ, १९ फेब्रुरी २०१८

गत जनवरी २१ गते पर्थमा आयोजना  भएको सोनाम लोसारबाट उठेको रकम शनिवार एउटा कार्यक्रमका  बीच बिभिन्न संघ-संस्थाहरुलाई हस्तान्तरण गरियो । पर्थमा खेल र खेलाडीलाई माया गर्नेहरुको कमि छैन भन्ने उदाहरण पनि हो,   खेलाडीहरुको मनोबल बढाउने उद्देश्यका साथ् गत शनिवार फेब्रुरी १७ को दिन    बिमला तामाङ्ग र राजेश मोक्तान द्वारा स्थानीय ब्रजउड पार्कमा धन्यवाद कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा सोनाम लोसार बाट उठेको ९५० डलर  क्रमश  वेस्टर्न नेप्लिस क्रिकेट क्लबलाइ ४०० डलर पर्थ नेपाल क्रिकेट क्लबलाइ २०० डलर, नावाको आगामी खेलको लागि $२०० र  नेप्लिस युनाइटेड फुटबल क्लबलाई  १५० डलर प्रदान गरिएको थियो । नमस्ते नेपालसंग कुरा गर्दै  आयोजकले भन्नु भयो, यो रकम निकै थोरै होला तर हाम्रो प्रयास भनेको पर्थमा रहेका सबै खेलाडीहरुलाइ  उच्च कदर गर्दै उहाँहरुको खेलप्रतिको लगावमा कमि आउन नदिनुको साथै केहि हदसम्म भए पनि खेलाडीहरुको मनोबल बढाउनेछ भन्ने बिश्वासको साथ यो कार्यकम आयोजना  गरिएको हो र   आगामी दिनमा यस किसिमका  कार्यक्रमलाई निरन्तर दिने समेत बताउनु भयो । कार्यक्रममा एन आर एन ए डब्लु ए , नाव तथा भिभिन्न संघ -संस्थाका पदाधिकारीहरु, कलाकार, सयम सेवक  साथै पर्थ बासीहरुको बाक्लो उपस्थी रहेको थियो ।

 

]]>
https://www.namastenepal.com.au/archives/4660/feed 0
पर्थमा “धुर्मुस सुन्तली साँझ वीथ नेपाल आइडल टप थ्री एन्ड ब्यान्ड” कार्यक्रम भव्य सफलताको साथ सम्पन्न https://www.namastenepal.com.au/archives/4643 https://www.namastenepal.com.au/archives/4643#respond Sun, 17 Dec 2017 03:35:25 +0000 http://www.namastenepal.com.au/?p=4643

 

नमस्ते नेपाल, १७ डिसेम्बर आइतवार, पर्थ

१६ डिसेम्बर शनिबारको  साँझ  पर्थमा “धुर्मुस सुन्तली साँझ वीथ नेपाल आइडल टप थ्री एन्ड ब्यान्ड” कार्यक्रम भव्य सफलताको साथ सम्पन्न भयो । वी केयर नेपाल इन्कको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ आयोजना गरिएको सो   कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार तथा “धुर्मुस सुन्तली फाउन्डेसनका सस्थापक सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले  सन्देश मुलक प्रहशन प्रस्तुत गरेका थिए जहाँ दर्सकहरुले भरपूर्ण मनोरंजन लिइरहेको देख्न सकिन्थियो। कार्यक्रमकै दौरानमा सिताराम कट्टेल (धुर्मुस) ले भने सम्पुर्ण नेपालीहरुको साथ र सहयोगले गरके  हामि मुसहर बस्ति तथा अन्य सामुदायिक बस्ति निर्माण गर्न सफल भयौ  र सयौ बाल बालिकालाइ बिधालय र शिक्षाको पहुच सम्म पुराउन सक्यौ ।

तर तही बेला  भर्खर बाबा- आमा भन्न शुरु गर्दै गरेकी  आफ्नी छोरीले कहिले बाबा-आमा भनिन त्यो शब्द समेत सुन्न नपाउने अभागी बुवा आमा पनि हामि नै हौ भन्दा, स्टेजमा रहेकी कुन्जना घिमिरे (सुन्तली) ले आफ्ना  आँखाबाट  आशुलाइ रोक्न सकिनन् साथै त्यो क्षण  सम्पुर्ण दर्शकहरुका  आँखा रसाए थिए।   नेपालको पहिलो नेपाल आइडलका टप ३ पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासले आफ्नो बेजोड प्रस्तुति हरु प्रस्तुत गरेका थिए जहाँ दर्शकहरुले तालि तथा नाचेर नेपाल आइडललाइ साथ् दिनुको साथै हरेक  गीतमा  वन्स मोर वन्स मोर भदै चिच्याई रहेका थिए,  कार्यक्रममा नेपाल आइडलका कार्यक्रम संचालक सुशिल नेपाल र साथमा नेपाल आइडलका ब्याकअप ब्यान्ड मेम्बरको समेत सहभागी थियो । स्थानीय ब्याण्ड सेंसिमिलियाले पनि आफ्नो प्रस्तुति दिएको थियो ।

धुर्मुस सुन्तली फाउन्डेसनले नेपालमा हाल सन्चालन गरी रहेको “सन्तपुर एकिक्रित नमुना बस्ती” को सहयोगार्थ यो कार्यक्रम पर्थमा आयोजना गरिएको वी केयर नेपाल अध्यक्ष उज्ज्वल केसीले जानकारी दिनु भयो  । गत बर्ष नेपालमा विनासकारी  महाभूकम्पका बेला वी केयर नेपालले संकल गरेको २५ हजार अस्ट्रेलियन डलरको चेक वी केयर नेपालका प्रतिनिधिहरुले सोहि कार्यक्रममा ध्रुमुस सुन्तलीलाइ हस्तान्तरण गरेका थिए र यो कार्यकमको सम्पुर्ण नाफा समेत धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ जाने आयोजकले नमस्ते नेपाललाइ जानकारी दिनु भयो । “धुर्मुस सुन्तली साँझ वीथ नेपाल आइडल टप थ्री एन्ड ब्यान्ड” लाई ‘सिनामन भिक पार्क रेस्टुरेन्टले टाइटल स्पोन्सर  गरेको हो भने, केबिए ग्लोबलको पावर्डबाइमा वेष्टर्न नेप्लिज क्रीकेट क्लबको सहकार्यमा सो  कार्यक्रम स्थानीय अक्टागन थियटरमा   सम्पन्न भएको थियो । उक्त कार्यक्रमलाइ सुशील नेपाल, कमल सिलवाल र राम्विका कार्कीले संचालन गर्नु भएको थियो ।

  

]]>
https://www.namastenepal.com.au/archives/4643/feed 0
वेस्टर्न नेप्लिस क्रिकेट कल्बको पहिलो बार्षिक कार्यक्रम हुँदै  https://www.namastenepal.com.au/archives/4635 https://www.namastenepal.com.au/archives/4635#respond Sun, 26 Nov 2017 01:49:46 +0000 http://www.namastenepal.com.au/?p=4635

पर्थ, आइतवार २६ नोभेम्बेर २०१७

वेस्टर्न नेप्लिस क्रिकेट कल्बलले आज  पहिलो बार्षिक कार्यक्रम गर्ने भएको छ । पर्थको समय अनुसार साँझ ५ बजे देखि १० बजेसम्म संचालन हुने उक्त कार्यक्रम  स्थानीय REDCLIFFE COMMUNITY CENTRE रेड्क्लिफ मा हुने भएको छ ।

 कार्यक्रमका मुख्य आकर्षण अवार्ड ,जर्सी , प्रमाण पत्र तथा सदस्यता कार्ड समेत बितरण गर्ने कार्यक्रम  रहेको छ । प्रवेश शुल्क निशुल्क रहेको उक्त कार्यक्रममा बिभिन्न सांगीतिक  रात्रि भोज कार्यक्रमको साथ् साथै फ्री भाग्य चिट्ठा समेतको व्यबस्था

रहेको आयोज WNCC ले नमस्ते नेपाललाई जानकारी दिएको छ । वेस्टर्न नेप्लिस क्रिकेट कल्बलले पर्थमा आयोजना हुने हरेक क्रिकेटका टुर्नामेन्टमा भाग लिंदै कडा प्रतिस्पर्धा गर्दै आइरहेको छ क्लबलाई र खेलाडीको अझ बलियो स्तर उन्नतिका यसै बर्ष देखि हरेक बर्ष यस किसिमका कार्यक्रम गर्ने भएको छ ।

अन्य जानकारीको लागि:  www.facebook.com/WesternNepaleseCC2015

 

 

]]>
https://www.namastenepal.com.au/archives/4635/feed 0
पर्थमा नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु.ए.  एनुअल बल  २०१७  हुँदै https://www.namastenepal.com.au/archives/4626 https://www.namastenepal.com.au/archives/4626#respond Wed, 22 Nov 2017 03:39:18 +0000 http://www.namastenepal.com.au/?p=4626  

 

नमस्ते नेपाल- पर्थ, २२ नोभेम्बर  २०१७

यहि नोभेम्वर २५   तारिख शनिवारको दिन International On Water Hotel in Ascott पर्थमा हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली फुटबल र खेलाडीहरुको स्तर उन्नति गर्दै आगामी बर्ष हुने फुटबल वेस्ट लिगमा नेप्लिज युनाइटेड फुटबल क्लब नेपालको प्रतिनिधित्य गर्दै सहभागी भएर उत्कृस्ट खेल प्रदर्शन गर्नु हो।

पछिल्लो समय पचिम अस्ट्रेलियाको नेप्लिज युनाइटेड फुटबल क्लबका खेलाडीहरुले विभिन्न प्रतियोगितामा भाग लिंदै  पर्थमा  नेपाली फुटबलको साख जोगाएका छन्।  अस्ट्रेलियाका विभिन्न राज्य तथा   क्लबहरुसंग खेलेका खेलहरुमा नेप्लिज युनाइटेड फुटबल क्लबले उत्कृस्ट प्रदर्शन गर्दै आइरहेको छ।

नेपाली फुटबललाई अझ माथि लानाको निमित्त गत  बर्षबाट हरेको बर्ष एनुअल बलको आयोजना गर्दै आइरहेको  छ। खेलाडीहरुको मेहनतको कदर गर्दै गत  बर्षदेखि खेलाडीहरुलाई ट्रफी प्रदान समेत गर्दै आएको  छ। जसमा मोस्ट कमिटेड प्लेयर, कोच फेवरेट प्लेयर, मोस्ट भ्यालुयबल प्लेयर र बर्षको सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन साथै सम्पुर्ण स्पोंसोर, भोलेन्टियर, डान्सर लगायत सहयोगीहरुलाई मायाको चिनोले सम्मान समेत गर्ने कार्यक्रम रहेको नेप्लिज युनाइटेड फुटबल क्लबका अध्यक्ष मणि राईले नमस्ते नेपाललाइ जानकारी  दिनु भयो।

साथै पर्थमा बस्नुहुने र खेललाई माया गर्नुहुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरु उक्त नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु ए एनुअल बल  २०१७  मा उपस्थित भएर  थप उर्जा प्रदान गर्न समेत नेप्लिज युनाइटेड फुटबल क्लब डब्लु ए अनुरोध गरेको छ।

 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला

: https://www.facebook.com/NepaleseUnitedFootballClub

 

]]>
https://www.namastenepal.com.au/archives/4626/feed 0